शनिबार , जेठ २९, २०७८

‘चुच्चे नक्सा’ सहित ४ सय ५२ जना विभूषित ।

बैसाख ३, २०७८ शुक्रबार 350

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षको अवसरमा बुधबार ४ सय ५२ जनालाई वि’भूषित गर्नुभएको छ । गत असोज ३ गते संविधान दिवसको अवसरमा घो’षणाअनुसार

राष्ट्रपति भण्डारीले ४ सय ५२ जनालाई बुधबार शितल निवासमा विभू’षित गर्नुभएको हो । राष्ट्रपतिद्वा’रा यसअघि २७ चैतमा सुशो’भन गरिएको पदकमा लिपुलेक र कालापानी समेटिएको ‘चुच्चे नक्सा’ नभएको भन्दै चोत’र्फी पदकको आ’लोचना भएको थियो ।

तर, यसपटक भने पदकभित्र चुच्चे नक्सासहित ४ सय ५२ जनालाई वि’भूषित गरिएको छ । बुधबार तिरण गरिएको पदकमा संसदबाट पारित भई प्रच’लनमा ल्याइएको लिपुलेक र कालापानीसहितको नेपालको वास्त’विक नक्सा अं’कित पदक वितरण गरिएको छ । २०७७ सालमा लिम्पि’याधुरा

समेटिएको चुच्चे नक्सा पारित गरेको र २०७६ सालको पदकमा पूरानै नक्सा छापिन पुगेको जनाइएको छ । साथै, पदकमा नक्सा विषयमा नहुनको विषयमा गृह मन्त्रालयले सबैलाई स्प’ष्टीकरण दिइसकेको छ ।

कोरोनाका कारण रोकिएको पदक वितरण २०७६ सालको संविधान दिवसका अवसरमा घो’षणा गरिएको थियो ।
राष्ट्रको विभिन्न क्षेत्रमा योगदान पु¥र्‍याएका व्यक्तित्वहरुलाई विभिन्न पदक वितरण गरिएको छ । विभूषण समितिको सिफारिसमा मानपदवी’तर्फ महाउज्जवल राष्ट्रदीप प्रथम

श्रेणीबाट दुई, सुप्र’सिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट सात, उज्जल की’र्तिमय राष्ट्रदीप द्वि’तीय श्रेणीबाट एक, प्रसिद्ध जनसेवाश्री द्वितीय श्रे’णीबाट एक, सुकीर्ति’मय राष्ट्रदीप तृतीय श्रेणीबाट नौ, सुप्रबल जनसेवाश्री तृतीयबाट ११२, की’र्तिमय राष्ट्रदीप च’तुर्थ श्रेणीबाट आठ, प्रबल जनसेवाश्री च’तुर्थबाट २००, जनसेवा’श्री

प्रथमबाट १ सय १०, अलङ्कारतर्फ १ सय ५५ र पदकतर्फ २८ गरी ६३३ लाई विभूषित गरिने घोषणा भएको थियो ।
विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री र्ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, तोकिएका विज्ञ र गृ’हसचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको वि’भूषण समितिको बैठकले उक्त सिफारिस गरेको हो ।

प्रतिकृया दिनुहोस्