शनिबार , जेठ २९, २०७८

नयाँ वर्षको अवसरमा सुरु भयो ‘क्लिन गाइघाट, ग्रीन गाइघाट’ अभियान ।

बैसाख ३, २०७८ शुक्रबार 207

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटलाई हरित शहरको रुपमा विकास गर्नका लागि क्लिन गाइघाट ग्री’न गाइघाट अभियान सुरु भएको छ ।

नयाँ वर्षको अवसर पारेर नगर क्षेत्रलाई हरित नगर बनाउने अभियान अन्तर्गत त्रि’युगा नगरपालिका उदयपुरले अभियान सुरु गरेको हो । एक कार्यक्रमका बीच त्रि’युगा नगरपालिका प्रमुख वलदेव चौधरीले अभियानको सुरुवात गरेका हुन् ।

बैशाख १ गते नयाँ वर्षको अवसरमा नयाँ कामको थालनी गर्ने योजनाका साथ अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ । यस अभियान अ’न्तर्गत गाइघा’ट दिक्तेल सडक खण्ड अन्तर्गत गाइघाट मुख्य चोक आसपासका क्षेत्रका सडक बीचमा वृक्षरोपण गर्ने काम सुरु गरिएको हो ।

त्रियुगा नगरपालिका क्षेत्रका सबै स्थानमा सफा शहर निर्माणका लागि अभियान सुरु गरिएको हो । यस अभियान अन्तर्गत गाइघाट बजार क्षेत्रमा हुने अव्यवस्थित पार्किङलाई स–शुल्क र

निःशुल्क क्षेत्र निर्माण गरेर पार्किङ व्यवस्थित गर्ने, सबै घर अगाडि विरुवा रोपनलगायत गरिने नगर प्रमुख चौधरीले बताए । अभियान पहिलो दिन स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, स्थानीय युवा तथा नागरिकहरुले संयुक्त रुपमा

मुख्य चोक क्षेत्रमा विरुवा रोपन लगायतको कामको सुरुवात गरिएको छ । त्रियुगा नगरपालिका क्षेत्रभित्र आन्तरिक तथा बाह्य पर्यटक बृद्धि गर्दै नगरको सुन्दरता बढाउनका लागि पनि नगरपालिकाले विभिन्न योजनाहरु निर्माण गर्दै अघि बढेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्