२०७८ आश्विन ५ मंगलवार

बधाई छ ! ट्याक्सी चालककी छोरी अस्मिताले पाइन स्वीजरल्यान्डमा दुई करोड बराबरको छात्रवृत्ति ,,,हेर्नुहोस् ।

काठमाडौं : मासिक रू एक सयमा नेपालको सस्तो विद्यालय समता स्कुलमा पढ्दै आएकी अस्मिता अधिकारी विश्वको महं`गो स्कुलमध्ये एकमा पढ्न पाउने भएकी छन् ।

संसारको महंगोमध्ये एक र सुविधायु`क्क्त आइगलन कलेज स्वीजरल्याण्डमा छात्र’वृत्तिमा पढ्न पाउने भएकी हुन् ।
जोन कर्लेटले १९४९ मा स्थापना गरेको आइगलन विश्वकै विशिष्टमध्येको एक हो ।

सानैदेखि ती’क्ष्ण बुद्धिकी अस्मिता कक्षा १० मा पढ्दा आइगलन कलेजका संस्थापक प्राध्यापक रिचर्ड म्याक’डोनाल्ड नेपालको समता स्कुल आएका थिए । नेपालकै न्यून शुल्कमा अध्यापन गराउने स्कुलका संस्थापक उत्तम सञ्जेललाई वर्षमा एकजना विद्यार्थी छात्रवृ’त्तिमा स्वीज’रल्याण्ड लैजाने कुरा गरेका थिए ।

अस्मिताको पारिवारिक अवस्था न्युन हो । उनका बुबा ट्याक्सी चालक हुन् । उनले ट्याक्सी चलाएर परिवार र दुई छोरीलाई समता स्कुलमा पढाउँदै आएका छन् ।

अस्मिताका बुबा अमृतले छोरी विश्वकै महँगो कलेजमा छात्रवृत्तिमा पढ्न पाउने भएपछि एकदमै खुसी व्यक्त गरेका छन् । उनी भन्छन्, “ट्याक्सी चलाएरै मैले महँगो कलजेमा पढाउन सक्दैनथे । तर बीचमा यस्तो मौ`का जु`रेको छ । छोरीलाई सस्तो स्कुल भनेर समता स्कुलमा पढाएको थिएँ ।”

३.९ जीपीए ल्याएकी उनी १० कक्षामा हुँदा रिच’र्ड म्याकडो’नाल्डले मौ’खिक र लिखित परीक्षा लिएका थिए । करिब पाँचसय जनामा लिइएको परीक्षामा धेरैले भविष्यमा पाइलट, डाक्टरलगायत बन्ने भनेका थिए भने अस्मिताले म्युजिक भनिन् ।

म्याकडोनाल्डले सबैको फरक सोचाइकाबीच आएका मौ`खिक र लिखित कागज लगेका थिए । त्यसमध्ये अस्मिता छानि`एकी हुन् । उनी सो कलेजमा जीसीएसइ पढ्ने भएकी छन् । अस्मितालाई स्वीजरल्या’ण्ड पढ्न जाने कुरा पहिला नै थाहा थियो ।-कंचनजङा न्युज

२०७८ बैशाख ३, शुक्रबार १९:३१ गते 1 Minute 668 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार