२०७८ कार्तिक ११ बिहीबार

विद्यालयमा खाजा पकाउँदै आएका दलित हटाइए ।

बैतडी : विद्यालयमा ९० प्रतिशत विद्यार्थी दलित समुदायका छन् । पढाउने शिक्षक पनि प्रायः सबै दलित समुदायकै भएर पनि १५ वर्षदेखि विद्यालयमा दिवा खाजा पकाउँदै आइरहेका

दलितलाई कामबाट हटाइएकोछ । बैतडीको पञ्चे श्वर गाउँपालिका–४, स्थित कैलपाल आधार भूत विद्यालयमा २०६२ सालदेखि दिवा खाजा पकाउँदै आइरहेका तेजराम सार्कीलाई जातीय विभेदकै कारण व्यवस्थापन समितिले नै निर्णय गरेर

दिवा खाजा पकाउने कामबाट हटाएको हो । हुसङ्ख्यक विद्यार्थी र पढाउने शिक्षक दलित समुदायका भए पनि गै र दलितका बालबालिकाले दिवा खाजा खान नमाने पछि व्यवस् थापन समितिले खाजा पकाउने कामबाट हटाएको परि चर तेजराम सार्कीले बताए ।

मलाई दिवा खाजा पकाउने कामबाट हटाएर अहिले विद्यालय खोल्ने र बन्द गर्ने जि’म्मेवारी दिइएको छ”, परिचर तेजराम सार्कीले भन्नुभयो । मेरो ठाउँमा एक जना चन्दजीलाई दिवा खाजा पकाउने जिम्मेवारी दिइएको छ ।

मेरो पक्षमा विद्यालयका शिक्षकले समेत बोल्ने आँट गर्नुभएन । तत्कालीन जिल्ला शिक्षा कार्यालय हुँदा विद्यालय परिचरमा नियुक्त भएका सार्कीले स्थानीय
सरकार आएपछि आफू समस्यामा परेको बताए । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

२०७८ बैशाख ४, शनिबार २३:४७ गते 1 Minute 559 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार