२०७८ आश्विन १३ बुधबार

अकबरे खुर्सानीले बनायो ईलामका मदनलाई करोडपति, यसरी जोडे खुर्सानी बेचेरै डेढ करोडको सम्पत्ति । (भिडियो सहित)

काठमाडौं : खुर्सानी एक लोकप्रिय तरकारी तथा मसला बाली हो । खुर्सानी सबै खालको हावापानी भएको ठाउँ र बलौटे दोमट माटोमा उपयुक्त हुन्छ ।

खुर्सानीको खेती पहाडी क्षेत्रमा सामान्यतया गर्मी याममा र तराई क्षेत्रमा हिउँदको समयमा गर्ने गरिन्छ ।नेपालका प्राय सबै भू -भागमा अकबरे खुर्सानीको खेती हुने भएता पनि अकबरे खुर्सानी नेपालको पहाडी जिल्लाहरूमा राम्रो उत्पादन हुन्छ ।

नेपालको पूर्वी पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर लगायतका जिल्लाहरूमा यसको उत्पादन धेरै हुने गर्छ । खुर्सानी धेरै थरीका हुन्छन् । डल्ले, अकबरे, ज्यानमारा, जिरे आदि पिरो हुने गर्दछ भने अकबरे खुर्सानी असाध्यै मिठोे र लोकप्रिय खुर्सानी मानिन्छ ।

ईलामको सुर्योदय नगरपालिका–१२ आठघरेका मदन राई लामो समयदेखि कृषि पेसामा छन् । उनले ठूलो क्षेत्रफलमा व्यवसायिक रुपमा अकबरे खुर्सानी खेती गरेर मनग्य

आम्दानी पनि गर्दै आएका छन् ।वर्षको झण्डै १० लाख रुपैयाँको अकबरे खुर्सानी बिक्री गर्ने उनले यसैको मुनाफाले डेढ करोड मूल्य बराबरको ३० रोपनी जग्गा समेत जोडे ।

यो भिडिओमा उनले हामीसँग आफ्नो अनुभव बाँडेका छन् । अकबरे खुर्सानी खेती कसरी गर्ने ? यसको बजार कस्तो छ ? यो कस्तो ठाउँमा हुन्छ ? मुनाफा कति हुन्छ ? लगायतका प्रश्नहरुमा उनले खुलेर जवाफ दिएका छन् ।

२०७८ बैशाख ५, आईतवार ००:०९ गते 1 Minute 424 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार