२०७८ कार्तिक ९ मंगलवार

वडाध्यक्षले वडा कार्यालयलाई बनाए गेष्ट हाउस, आसेपासेलाई दिनभरि अफिसमै सुताउँछन् ।

सिरहा : प्रदेश नम्बर २ को सिरहा जिल्लास्थितको एक नगरपालिकाका एक वडाध्यक्षले वडा कार्यालयलाई गेष्ट हाउस जस्तै बनाएर राखेका छन् ।

सिरहा जिल्लाको नरहा गाउँपालिकामा वडा नम्बर १ देबिपुरका वडाध्यक्ष अशोक साहले वडा कार्यालयलाई नै गेष्ट हाउस बनाएर राखेका छन् । वडा कार्यालयमा अनुशा’सनहिनताको तस्विर छ’र्लङग छ ।

महिनामा केही दिन मात्र वडा कार्यालय आउने वडाध्यक्ष साहले आफ्ना नजिकी मान्छे, आफन्त’जनलाई वडा कार्यालय ल्याएर राख्ने गरिन्छ । सरकारी कार्यालयको अनु’शासनलाई तोडेर वडाध्यक्ष साहले आफ्ना आफन्तजन सहित आसेपासेलाई मनोमानी गर्न दिएको गुनासो गरिएको छ ।

वडा कार्यालयमा सेवाको लागि आउने सेवाग्रा’हीलाई स्थान नदिएर वडाध्यक्ष साहका आसेपासे जतिबेला पनि कार्यालयको सोफामा सुत्ने गरेको गु’नासो एक सेवाग्रा’हीले भने ।

बुढापाखा आउँदा पनि बस्न नदिने, आफ्नो घर जस्तै जतिबेला पनि सोफामा सुतिरहने प्र’वृतिले आम नागरिकलाई दि’क्कत भएको छ ।– उनले भने । वडाध्यक्ष साहमाथि विभिन्न समयमा भ्र’ष्टाचारको आरो’प लगाउँदै हरहिसाबको लागि वडाकार्यालय

घेराउ गर्दै आएका वडावासीहरुले वडाध्यक्ष साह अझै बानी नसुधारेको आरो’प लगाएका छन् । वडाध्यक्षले आफ्नो पार्टीको कार्यक’र्तालाई सहज हुने कार्य गर्छ र आफ्नो पार्टी बाहेक को आमसर्वस’धारण जनतालाई हो’च्याउने , दुख दिने कार्य गरिरहेको आरोप लगाएको छ ।

वडा कार्यालयमा कर्मचारी भन्दा उनका आफन्त, आसे’पासे चलाउँछ्न वडा कार्यालय । वडा कार्यालयमा रहेको समागृ’ही फोटोकपी गर्ने मेसिन गाउँकै मान्छेले आफ्नो मनम’र्जीले चलाएको छ र च’र्को रुपैयाँ लिने गरेको छ ।– नाम नखोल्ने शर्तमा एक स्थानीयले भने ।

फोटोकापी मेसिन राख्ने व्यक्ति वडाध्यक्षको आफनै आसेपासेका मान्छे रहेकोले उनलाई कार्यालयभित्रै नीजि फोटोकापी पसल खोल्न दिएको आ’रोप छ । यस सन्दर्भमा वडाध्यक्ष साहसँग सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन् ।

२०७८ बैशाख ५, आईतवार ००:१७ गते 1 Minute 730 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार