२०७८ आश्विन ६ बुधबार

नेपालको खेल देखेर नेदरल्यान्ड्सका कप्तान चकित, भन्छन् : नेपालले हामीलाई गतिलो पाठ पढायो ।

काठमाडौं : त्रिकोणात्मक शिरिजको पहिलो खेलमै घरेलु टिम नेपालसँग पराजित भएपछि नेदरल्यान्ड्सका कप्तान पिटर सिलरले नेपालले गतिलो पाठ पढाएको बताएका छन् ।

खेल पछि पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै सिलरले भने ‘हामीले आज नेपालबाट क्रिकेटको पाठ सिक्यौं । आज नेपालले सामान्यतया खेल्नेभन्दा फरक शैलीमा खेल्यो’ । उनले नेपालको आजको प्रदर्शन नेदरल्यान्ड्सभन्दा सँयौ गुणा राम्रो रहेको व्याख्या गरे ।

नेपालले सधैं खेल्नभन्दा आजको खेल धेरै फरक थियो । आज नेपालले साँच्चै हामीभन्दा सय गुणा राम्रो खेल्यो ।’’ उनले भने, हामीलाई नेपालले राम्रो पाठ सिकाएको छ । यो प्रतियोगिता हो, त्यसैले फाइनल अघि यो पाठले सहयोग गर्ने छ । नेपाली समर्थकले क्रिकेटलाई निकै माया गरेको पाएको कप्तान पिटरले बताए । उ

उनलेआफ्नो घरेलु मैदानमा दर्शकको संख्या कम हुने बताउँदै नेपाली समर्थकले मन जितेको बताए ।उनले आफ्नो प्रर्दशनले नेपाली दर्शकसामु आफैँलाई ल’ज्जित बनाएको बताए ।

उनले भने, ‘‘आजको प्रदर्शनले दर्शकसामु अलि लज्जित पनि बनायो । हामीले स्तरीय क्रिकेट देखाउन पाएनौं, समर्थकलाई खराब खेल पस्कियौँ । उनीहरूले नेपालको खेलको मात्र मज्जा लिए ।’’

नेपालको शानदार जित

त्रिकोणात्मक टि-२० आई सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सविरु’द्ध शानदार जित दर्ता गरेको छ । १ सय ३६ रनको मध्यम लक्ष्य पाएको नेपालले ५ ओभरअगावै केवल एक विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।

नेपालको जितमा डेब्यू गरेका दुबै ओप’नर आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय इनिङ खेले । कुशलले ४६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक६२ रनको योगदान दिए । आसिफ शेख ३८ बलमा ४ चौका र ४ छक्का ५४ रनमा अवि’जित रहे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १३६ रन बनाएको थियो । उसका लागि बास दे लिडले ४१ रन बनाएका थिए भने स्कट एड’वार्ड्सले ३० रन बनाउँदा कप्तान पिटर सिलार

२३ रनमा अविजित रहे । नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी र शाहब आलमले १-१ विकेट हात पारे । प्रतियोगिता अन्तबर्गत भोलि दो’स्रो खेलमा मलेसिया र नेदरल्यान्ड्स भि’ड्ने छन् । -ताजा खबर टिभि

२०७८ बैशाख ६, सोमबार १६:५३ गते 1 Minute 676 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार