शनिबार , जेठ २९, २०७८

नारायणगढ-मुग्लिन खण्डमा २६५ मिटर दूरी छोटियो

बैसाख ७, २०७८ मंगलबार 223

काठमाडौं : कुनै एक जमानामा सर्वाधिक सवारी साधन दु’र्घटना हुने ठाउँका रुपमा परिचित थियो, जलबीरे । यहीँबाट यात्रु’वाहक बसहरू त्रिशू’ली नदीमा ख’स्ने, घुम्तीमा ठो’क्किने हुँदा कयौं मानिसहरूले ज्या’न गु’माए ।

अत्या’धिक सवारी दु’र्घटना भएपछि जलबीरे घुम्ती छेउमा एक मन्दिर बनाएर नियमित पू’जा गर्न थालियो । मन्दिर बनेपछि यो ठाउँमा दु’र्घटनामा कमी आएको स्थानीय बताउँछन् । अहिले यही घुम्तीमा पुल बनेको छ । पुल बनेपछि घु\म्ती सीधा मात्रै भएन, सडक’समेत २६५ मिटर छोटियो ।

गत वर्ष कोरो’ना संक्र’मणबाट काम प्रभा’वित बनेको पुलको काम सकिएको छ । नारायणगढ मुग्लिन सडक खण्डकी सूचना अधिकारी सविना रानाभाटले एक-दुई दिन भित्रै पुल सञ्चालन गर्ने तयारी भएको जानकारी दिइन् ।पुलको निर्माणको म्याद गत वर्ष असारमा नै सकिएपछि थप गरिएको थियो ।

रौताहा कन्स्ट्र’क्सनले ८० मिटर लामो पुल १३ करोड ९४ लाखको लागतमा बनाएको हो । पुलमा तीनवटा स्पान छन् । मन्दिरको छेउछाउ सामान्य केही काम बाँकी छ ।माडी अयो’ध्याका लागि भगवान राम-सीताका मू’र्तिसहितको

रथयात्राको टोलीलाई पहिलोपटक सो पुलबाट पास हुन दिने की भन्ने बारेमा समेत चर्चा भएको छ ।जलबीरेको घु’म्तीमाथि च’र्चित जलबीरे झरना पर्दछ । अहिले सवा’री हिँड्ने ठाउँमा झरना जानेहरुका लागि पार्कि’ङ वा वैक’ल्पिक सडकका रूपमा प्रयोग गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्