२०७८ आश्विन ५ मंगलवार

बधाई ! शर्मा प्रधानसेनापति बन्दै !

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले चार महिनापछि अवकासमा पाउँदैछन् । थापाको नियमित कार्यकाल आगामी भदौ २४ मा सकिँदैछ ।

थापाको कार्याकाल सकिने भएपछि नयाँ प्रधानसेनापति को बन्छ ? भन्ने आम चासोको विषय रहेको छ । बरियताक्रम अनुसार हालका बलाधिकृत प्रभुराम शर्मा प्रधानसेनापति बन्ने सम्भावना देखिन्छ ।

शर्मा प्रधानसेनापति बन्ने लाईनमा छन् । सोहीअनुसार आन्तरिक तयारी जुटेको बताइन्छ ।प्रधानसेनापति बन्ने लाइनमा रहेका अर्का रथी ईश्वर हमाल हाल फोर्स कमाण्डरका रुपमा मिसनमा कार्यरत छन् ।

उनी रथीमा बढुवा भएदेखी नै अनडफ मिसेनमा फोर्स कमाण्डरका रुपमा जिम्मेवारी सम्हालिरहेका छन् ।
त्यसैले शर्मालाई प्रधानसेनापति बन्न सहज रहेको बताइन्छ ।
प्रधानसेनापतिको लाईनमा रहेका शर्मा २१ बेसिकका सैनिक अधिकृत हुन ।

उनले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका छन् । शर्मा २०७७ बैशाख १४ मा रथीमा बढुवा भएका थिए ।प्रधानसेनापतिले एक महिना पहिला विदा लिने परम्पराअनुसार उनी साउन २४ मा विदामा बस्नेछन् ।

२०७८ बैशाख ७, मंगलवार १८:४७ गते 0 Minutes 759 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार