२०७८ कार्तिक ११ बिहीबार

घुम्टो खोल्दै धरहरा !(भिडियो सहित)

काठमाण्डौ : भूकम्पले भत्किएको धरहरा पुन:निर्माण काम अन्तिम चर’णमा पुगेको छ । अहिले ढलानको लागि राखिएका बाँसका टेकाहरु हटाउने र रंग’रोगन गर्ने काम भैरहेको छ ।

निर्माणको क्रममा राखिएका र छोपिएका भागहरु हटा उँदै रंग’रोगनको काम भैरहेकाले धरहराको माथितिर झण्डै आधी भाग खुलिसकेको छ । अहिले काठमाण्डौ उपत्यकाका बिभिन्न ठाउँबाट धरहराको माथिल्लो भाग मज्जाले देख्न सकिन्छ ।

२०७२ वैशाख १२ गते आएको विनाश’कारी भू’कम्पले क्ष’तिग्र’स्त भएको धरहराको छोपि’राखेको ठु’टोसँगै नयाँ धरहरा बनिरहेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते धरहरा उ’द्घाटन गर्ने कार्यक्रम तय भएकाले जोडतोडका साथ काम भैरहेको छ ।

नेपाल पुन:र्निर्माण प्राधि’करणका अनुसार धरहरामा अहिले टावरको काम सकिन लागेको छ । नयाँ बन्ने धरहरा २२ तलाको हुनेछ । २० औं तलामा उक्लिएर अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ। नयाँ धरहरामा दुईवटा लिफ्ट र एउटा परम्प’रागत भ¥र्‍याङ रहनेछ।

४२ रोपनी क्षेत्रफलमा बन्दै गरेको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फीटको बेस रहनेछ । नयाँ धरहरामा पनि पहिलेको जस्तै बुट्टा र गोला झ्यालहरु बनाइएको छ ।

धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टरेण्ट, आधुनिक पार्किङ र उद्यान पनि हुनेछ । तर धरहराको टावर बाहेकका अरु काम भने सुरु हुनै बाँकी छ । मंसिरसम्म सबै काम सकेर धरहरा खुला गर्ने राष्ट्रिय पुन:र्नि’र्माण प्राधिक’रणको तयारी छ ।

भिडियो !

२०७८ बैशाख ८, बुधबार २०:०९ गते 1 Minute 1127 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार