२०७८ आश्विन १ शुक्रबार

ओलीलाई भेटेर योगेश भट्टराईले भने : विगतका कुरालाई बिर्सेर नयाँ ढंगले अघि बढौँ !

काठमाडौं : नेकपा एमालेका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

बुधबार अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका उनले पार्टीलाई फु’टाउनतिर नभएर जोगाउनतिर लाग्न आ’ग्रह गरेका छन् । नेता भट्टराइले पार्टीका सबै नेताहरूलाई समेटेर अघि बढ्न पनि आग्रह गरेका छन् ।

विगतमा भएका भुलहरुलाई बिर्सेर नयाँ ढंगले अघि बढ्न उनको आ’ग्रह रहेको छ । एमालेको विभाजन भए प्रतिक्रियावादी खुसी हुने र जनता निरास हुने खतरा उत्पन्न हुने नेता भट्टराईले अध्यक्ष ओलीलाई सल्लाह दिएका छन् ।

साथै, पार्टी एकतालाई जोगाउनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग रहने पनि बताएका छन् । यसअघि अध्यक्ष ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल,

झलनाथ खनाल, उपाध्यक्ष भीम रावल, नेता भट्टराईसहित २७ सांसदलाई स्प’ष्टीकरण सोध्नुभएको छ । स्प’ष्टीकरणपछि कारबाही गर्ने अध्यक्ष ओलीको ध’म्किपछि नेता भट्टराई पार्टी जोगाउनका लागि दौँ’डधुपमा रहेका छन् ।

२०७८ बैशाख ८, बुधबार २२:१४ गते 1 Minute 372 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार