२०७८ आश्विन २ शनिबार

सासू-ससुराको स्याहारसुसार गर्ने बुहारीहरुलाई सम्मान गरियो ।

तनहु : लमजुङमा सासू–ससुरालाई स्याहार–सुसार गर्ने बुहारीहरूलाई सम्मान गरिएको छ । वृ’द्ध सासू–ससुरालाई सम्मानपूर्वक स्याहार–स’म्भार, पा’लनपोष’ण गर्ने बुहारीहरूलाई सम्मानित गरिएको हो ।

ज्येष्ठ नागरिक समाज भोटेओडारको आठौँ सा’धारण सभा तथा पाँचौँ अधिवे’शन एवम् ज्येष्ठ नागरिक असल सन्तति सम्मान कार्यक्रमको अवसरमा सुन्दरबजार नगरपालिका क्षेत्रका पाँच बुहारीलाई सम्मानित गरिएको समाजका अध्यक्ष नारायणबहादुर कुवँरले जानकारी दिनुभयो ।

अध्यक्ष कुवँरका सुन्दरबजार नगरपालिका ८ अकलाकी गोमा परियार, सुन्दरबजार नगरपालिका ८ चु’नपहाराकी देवी कुँवर, सुन्दरबजार नगरपालिका ८ घो’क्रेश्वाँ’राकी गङ्गा कार्की , सुन्दरबजार नगरपालिका ८ बलि’थुमकी टेकमाया ढकाल र सुन्दरबजार नगरपालिका ९ की दीपा खनाललाई प्रमा’णपत्रको साथमा दोसल्ला ओढाइ सम्मान गरिएको हो ।

समाजले सम्मान गरेकोमा खुसी मिलेको सम्मानित हुनुभएकी गोमा परियारले बताउनुभयो । ‘मिठो वचन गरी मिठो–नमिठो जे छ त्यो खान दिएमा, राम्रो व्यवहार गरेमा ज्येष्ठ नागरिक खुसी हुनुहुन्छ’, उहाँले भन्नुभयो ।

सम्मानित भएपछि झनै उहाँहरूको राम्रो स्याहार–सुसार गर्न हौसला मिलेको छ ।’कार्यक्रममा भोटेओडा क्षेत्रमा ८० देखि ८४ वर्षसम्मका १५ जना ज्येष्ठ नागरिकलाई पनि दोसल्ला ओढाइ लाैरी, टर्च’लाइट, फलफूल वितरण गरिएको छ । -उज्यालो यात्रा

२०७८ बैशाख ९, बिहीबार १०:२३ गते 1 Minute 683 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार