२०७८ आश्विन २ शनिबार

बधाई ! त्रिदेशीय टी–२० सिरिजको उपाधि नेपाललाई, बधाई छ नेपाली टिमलाई ।

काठमाडौं : नेपालले घरेलु भूमिमा आयोजना भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उ’पाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा

नेदरल्यान्ड्समाथि १ सय ४२ रनको कीर्तिमानी जित निकाल्दै नेपालले सिरिज जितेको हो ।नेदरल्यान्ड्स विरु ‘द्धको यो जित नेपालको सर्वाधिक रनको जित हो । यसअघि नेपालले भुटानवि’रुद्ध १ सय ४१ रनको जित निकालेको थियो ।

यससँगै नेपालले पहिलो पटक टी–ट्वान्टी प्रतियोगिताको उपाधि जितेको छ । यस्तै नेपालले ११ वर्षपछि घरेलु मैदानमा उपा’धि जितेको छ । नेपालले यस अघि सन् २०१० मा आईसीसी डिभिजन–५ को उपाधि जि’तेको थियो । नेपालले दिएको २ सय ३९ रनको की’र्तिमानी लक्ष्य प’छ्याएको नेदरल्यान्ड्सले १७ ओभर २ बलमा अलआउट हुँदै ९६ रन मात्र बनाउन सक्यो ।

नेदरल्यान्ड्सका लागि सेबा’स्टियन ब्राटले अविजित रहदै सर्वाधिक २६ रन बनाए । म्याक्स ओ डाउडले २० रन जोड्दा कप्तान पिटर सेलारले १३ रन बनाए ।

नेपालका लागि करण केसीले तीन विकेट लिए । उनले तीन ओभरमा ११ रन खर्चदै तीन विकेट लिएका थिए । कमल सिंह ऐरी र सन्दीप लामिछाने समान दुई–दुई तथा अभिनास बोहराले एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो । टी–ट्वान्टी अन्तरा’ष्ट्रियमा नेपालले विपक्षी टिमलाई दिएको यो की’र्तिमानी लक्ष्य हो । नेदरल्यान्ड्सका लागि फिलिप्पे बोइसेविनले दुई विकेट लिए ।

नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको सिरिजमा नेपाल समूहको शीर्ष स्थानमा रहदै फाइनल पुगेको थियो भने नेदरल्यान्ड्सले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान पक्का गरेको थियो । त्यस्तै मलेसिया भने जित लिग चरणबाटै बाहिरिएको थियो । -नेप्लिज टाइम्स

२०७८ बैशाख ११, शनिबार २०:०१ गते 1 Minute 390 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार