२०७८ आश्विन ६ बुधबार

कुशल भुर्तेल नेपाली बिराट कोहली ! जसको भैरहेको छ बिश्वभरी चर्चा ।

काठमाडौं : नेपाली क्रिकेटले लामो प्रयोगपछि ब्याटिङ लाइनअपमा सफल्ता हात पार्ने संकेत देखाएको छ। नेपाली क्रिकेटले धेरै आ’रोह र अव’रोहको यो काल खण्डमा अधिकांस

सफल्ताका पछि बलरहरुको एकछत्र बलियो प्रदर्शन निर्णायक रहँदै आएको थियो। तर, डेब्यु बोइ कुशल भुर्तेलले नेपाली क्रिकेटमा शनसनि’पूर्ण इनिङ खेल्दै ब्याटिङ लाइनअपमा नयाँ संभावना देखाएका छन्।

त्रिदेशीय टी–२० अन्तराष्ट्रियको यो श्रृङखलामा कुनै एकमात्र होइन तीन खेलमा लगातार ओपनिङ ब्याटिङ गरेका कुशललको ब्याट यसरी चलेको छ जस्ले ब्याटिङको दीर्घकालिन समस्याको निकास अब निस्किएको भन्नेमा आशा गर्ने आधार तयार भएको छ। त्यसो त नेपाली क्रिकेटको ओपनिङ समस्या पनि समाधानतर्फ अघि बढेको छ।

जुन कुनै अनुभवी ब्याट्सम्यान निखारिएर होइनकी डेब्यु गर्दै गरेका एक युवा खेलाडीसँग प्रशिक्षक डेभ वाटमोरले उठाएको जोखिमबाटै संभव भएको हो।

२४ वर्षीया कुशल भुर्तेलले १ मार्चमा भएको नेदरल्यान्ड विरुद्धको खेलमा ओपनिङ डेब्यु गरे। उनले डेब्युमै ६२ रनको अर्ध’सतकीय इनिङ खेले। कुशल र आसिफ शेखले १एक सय १६ रनको ओपनिङ साझेदारी संभव बनाउँदा नेपाल ९ विकेटको प्रभावसाली जित निकाल्न सफल रह्ययो।

त्यसपछि पनि कुशलको ब्याटको चमत्कार तेस्रो खेलसम्म रोकिएको छैन्। पहिलो खेलमैअ’र्धसतकीय इनिङ खेलेका कुशलले लगातार तीन खेलमा सोही लय कायम राखे। उनी डेब्युपछि लगातार तीन अन्तराष्ट्रिय टी–२० मा अर्धसतक बनाउने विश्वको पहिलो खेलाडीका रुपमा रहे।

उनले इंग्लिस खेलाडी डेभिड मलनको डेब्युपछि लगातार दुई खेलमा राखेको अर्ध’शतकीय इनिङको कीर्तिमान आफ्नो नाममा पारे। विश्वकी’र्तीमान बनाएका कुशलले नेपालका लागि टी–२० मा सर्वाधिक दुई सय सात रनको स्कोरको रेकर्डमा उल्लेख्य भुमिका निभाए। ६२ रनको इनिङ खेल्दा कुशलले आठ चौका र एक छक्काको सान्दार इनिङ खेले।

त्यसअघि उनले मलेसिया विरु’द्ध पनि ६१ रनको सानदार इनिङ खेलेका थिए। उनले लगातार तीन खेलमा ६० प्लस रनको स्कोर बनाए। नेपालले उत्कृष्ट ब्याटिङका बाबजुत जित आत्मासाथ गर्न असफल भयो। विशाल योगफल जोगाउन नेपाली बलर असफल भए।

यद्दपि नेपाली ब्याटिङले भने नेपाली क्रिकेटको दिर्घ’कालिन समस्या समाधान हुनेमा विश्वासका आधार तयार गरेको छ। अझैं खेल बाँकी रहेकाले नेपाली ब्याट्स’म्यानको चुनौती र प्रदर्शन पनि हेर्न लायक रहने पक्का छ।

त्रिको’णात्मक सिरिजमा नेपाल र मलेसिया भिड्दै

त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल र मलेसियाबीच आज प्रतिस्पर्धा हुँदैछ। सिरिजको समूह चरणको अन्तिम खेलको रूपमा रहेको यो खेल दिउँस सवा १ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ। नेपाल र नेदरल्यान्ड्स यसअघि नै सिरिजको फाइनलमा पुगिसकेकाले खेल प्रति’ष्ठाको लडाइँको रुपमा रहेको छ।

त्रिकोणा’त्मक टी-२० सिरिजमा बुधबार नेदरल्या’न्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएको थियो। जसका कारण नेपाल र नेदरल्या’न्ड्स फाइनलमा पुगेका थिए। समूह चरणका सबै चार खेल खेलेको नेदरल्यान्ड्सको ५ अंक भएको छ भने अन्तिम खेलअघि नेपालको ४ अंक छ। मलेसियाले १ अंक मात्र जोडेको छ।

उपाधिका लागि नेपाल र नेदरल्यान्ड्सबीच आगामी शनिबार प्रतिस्पर्धा हुनेछ। यसअघि नेपालले सुरुवाती दुई खेलमा जित हात पारेको थियो। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेट र दोस्रो खेलमा मलेसियालाई पनि ९ विकेटले हराएको थियो। तेस्रो खेलमा भने नेपाललाई नेदरल्यान्ड्सले ३ विकेट पराजित गरेको थियो।

नेपालको सम्भावित प्लेइङ-११ : कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विनोद भण्डारी (विकेटकीपर), करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी/कमलसिंह ऐरी, अविनाश बोहरा र सुशन भारी ।

मलेसियाको सम्भावित प्लेइङ-११ : सायद अजिज, अनवर अरुदीन, अहमद फेज (कप्तान), वीरन्दीप सिंह, अमिनुदीन राम्ली, शफिक सरिफ (विकेटकिपर), खिजार हायत, मुहमद वाफिक, शर्विन मुनीदी, पवनदीप सिंह, र अनवर रहमान । ताजा खबर टिभि

२०७८ बैशाख १२, आईतवार १४:४० गते 1 Minute 500 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार