मंगलबार , साउन १९, २०७८

भीम रावलले भन्नुहुन्छ : हामी एमाले छाडेर जादैनौं, केपी ओलीले चाहीँ पार्टी फुटाएर जान खोज्दै छन् ।

बैसाख १२, २०७८ आइतबार 284

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पार्टी फु’टाएर जान खोजेको आरो’प लगाएका छन् ।

शुक्रबार रि’पोटर्स क्लब नेपालले काठमाडौंमा गरेको साक्षात्कारमा उहाले ओलीले पार्टी फु’टाएर गएमा निर्णायक कदम चाल्ने पनि बताए । उनले आफुहरु कुनै हालतमा एमालेबाट नभाग्ने बताए ।

नवौं महाधिवेशनको म्या’न्डेट अनुसार ओली अध्यक्ष भएको र आफूहरु पनि पदाधिकारी भएको उनको भनाई छ ।
उनले सांसद पद जाने गरी विधि विधान विपरित कार्य नगरेकाले अध्यक्ष केपी शर्मा ओलीले पदमु’क्त गर्न नसक्ने तर्क गरे ।

विधि र विधान विप’रित कसैले पदबाट हटाउँदैमा नहट्ने तर्क गर्दै ओलीको गतिवि’धि नेकपा एमाले विभाजनको दि’शातर्फ बढिरहेको आ’रोप लगाए ।

रावलले सहमतिका लागि २ जेठ २०७५ को अवस्थामा नेकपा एमालेको संरचनालाई स’क्रिय बनाउनुको वि’कल्प नभएको बताए ।उनले ओलीले चालेका कदमहरु नस’च्याएर देशमा अ’स्थिरता र अरा’जकता मच्चिने बताउनुभयो ।

देशको सीमाना मिचिएको भन्दै रावलले त्यस्तो अवस्थामा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने, नेकपा वि’घटन गर्ने र फेरि एमाले नै विघटन गराउन खोज्ने गतिविधि गरिरहेको आ’रोप लगाए ।

थप समाचार,
प्रधानमन्त्रीद्वा’रा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई !

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्रीले आज बिहान ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न त्रिदे’शीय अन्त’रराष्ट्रिय टि–२० क्रि’केट प्रतियोगितामा नेपाल विजयी भएकामा बधाई दिनुभएको हो ।

शनिबार सम्पन्न नेपाल र नेदरल्याण्डसबीच भएको फाइनल प्रतियोगितामा नेपाल विजयी भएको थियो । ‘नेपालले नेदरल्याण्डसलाई १४२ रनको विशाल अन्तरले प’राजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार विजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टीमलाई हा’र्दिक बधाई ‘, ट्वीटमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्