आइतबार , जेठ ३०, २०७८

विदेश जानेहरुको पिसिआर परीक्षण गर्न तोकियो अस्पतालहरु, हेर्नुहोस् ।(सूचिसहित)

बैसाख १३, २०७८ सोमबार 303

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालबाट विदेश जानेहरूका पिसिआर परी’क्षण गर्न अस्पतालहरु तोकेको छ ।

मन्त्रालयले पिसिआर परी’क्षण गर्न प्रयोगशाला भएका सरकारी अस्पताल र निजी क्षेत्रका छ वटा अस्पताल तोकेको हो।
निजी अस्प’तालहरूमा स्टार अस्पताल, ह्याम्स अस्पताल, मेडिसिटी अस्पताल, मनमोहन अस्पताल, टिचिङ हस्पिटल र

यू’निभर्सल अस्पताल भैरहवा छन् । साथै मन्त्रालयले नेपाललाई ट्रा’न्जिट बनाएर तेस्रो मुलुक जाने विदेशीहरूको पिसिआर परीक्षण नगर्न सबै प्रयोगशालाहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले नेपाललाई ट्रा’न्जिट बनाउनेगरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका विदेशी नागरिकहरूको

परी’क्षण नगराउन सूचना जारी गरेको छ। यसरी परीक्षण गर्न आएकाहरूबाट संक्रमण जोखिम बढेको मन्त्रालयको ठहर छ। त्यस्ता मानिसहरूको कुनै प्रयोगशालाले परीक्षण गरेमा नियम अनुसार कार’वाही गरिने मन्त्रालयले जनाएको छ।

पछिल्लो समय भारतमा संक्र’मण दर उच्च भएका कारण विभिन्न मुलुकहरूले हवाइ सेवा बन्द गर्दा त्यहाँका मानिसहरू नेपाललाई ट्रा’न्जिट बनाएर तेस्रो मुलुक जाने गरेका छन्।

त्यसरी आएका मानिसहरूले नेपालमा पनि पि’सिआर परीक्षण गराउँदै आएका थिए।अब भने मन्त्रालयले त्यसरी नेपाललाई ट्रा’न्जिट बनाएर आउने कुनै पनि विदेशी नागरिकको परीक्षण नगराउन सम्बन्धित सबै प्रयोगशालाहरूलाई निर्देशन दिएको हो। -साजा सबाल

प्रतिकृया दिनुहोस्