आइतबार , साउन १०, २०७८

प्र.म ओली भन्नुहुन्छ : जनताले खर्च धान्दैनन् अब विघटनको पालो प्रदेशसभाको…आफ्नो बिचार राख्नुहोला ।

माघ १८, २०७७ आइतबार 109

काठमाडौँ : प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघ’टन गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ।

प्रतिनिधिसभा विघटन गरेपछि सडकमा उत्रिएका दल र नागरिक समाजलाई चु’नौती दिँदै प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रममा बोल्दै प्रदेशसभा पनि विघटन हुनसक्ने चे’तावनी दिएका छन्।

प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई अ’प्ठेरो पार्ने गरी कुनै कदम चालिए आफूले प्रदेशसभा पनि विघटन गर्न सक्ने संकेत गरेका हुन्। प्रधानमन्त्रीले ओलीले मात्र होइन, अन्य दुई मन्त्रीले पनि प्रदेशसभा विघटन गर्न सकिने बताएका छन्।

प्रधानमन्त्री ओलीले नै भूमि-सुधारमन्त्री शिवमाया तुम्वाहाङ्फे र उद्योगमन्त्री लेखराज भट्टलाई प्रदेशसभा पनि वि’घटन हुनसक्छ भन्न लगाएका थिए। संविधानमा प्रदेशसभाले सरकार दिन नसक्ने परिस्थिति सिर्जना भएमा, सार्वभौमिकता, भौगोलिक अखण्ड’ता, राष्ट्रियता वा स्वाधीनतामा ग’म्भीर असर पर्ने कार्य

भएमा मात्र प्रदेशसभा वि’£घटन हुनसक्ने व्यवस्था छ। तर सरकार बन्न सक्ने विकल्प रहेको अवस्था र राष्ट्रियतामा असर पर्ने कार्य नभएमा प्रदेशसभा विघटन हुन नसक्ने संविधानविद्को भनाइ छ। संविधानको धारा १६८ र २३२ मा प्रदेशसभा विघ’टनसम्बन्धी व्यवस्था छ। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्