शनिबार , जेठ २९, २०७८

मेयर शाक्य भन्नुहुन्छ : ओली राणा भएको भए धरहराको नाम ‘केपी टावर’ हुन्थ्यो ।

बैसाख १३, २०७८ सोमबार 408

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली राणा भएको भए धरहराको नाम ‘केपी टावर’ रहने काठमाडौं महानगरका प्रमुख (मेयर) विद्यासुन्दर शाक्ले बताएका छन् ।

शनिबार पुन:निर्मित धरहराको उ’द्घाटन कार्यक्रममा बोल्दै आज ओली नभइ राणा भएको भए यो टावरको नाम ‘केपी टावर’ रहने उनले बताए । उनले भने, ‘सायद आज ओली नभइ राणा भएको भए यो टावरको नाम केपी टावर हुन्थ्यो होला ।

किनकि त्यतिबेला राणाकालमा कसैको बोल्न सक्ने आँट थिएन, साहस थिएन ।’ उनका अनुसार राणाकालमा जति पनि दरबार, ऐतिहासिक सम्पदा बने ती सबै राणाहरुमध्ये कसै न कसैका नाममा रहेका छन् । राणाकालमा जे गर्यो त्यसैलाई साथ दिने,

त्यसैलाई जयजयकार गर्ने प्रचलन रहेको पनि उनले बताएका छन् । तर, अहिले केही काम गर्दा खाेइराे खन्ने प्रवृत्ति रहेकाे बताए ।

पुरानो धरहरालाई संरक्षण गरेर राख्ने नयाँ धरहरालाई मौलिकता र ऐतिहासिक रूपमा झल्काउने काम भएको उनले बताए ।
पहिलाे प्रधानमन्त्रीत्व कार्यकालमा प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको काम सम्पन्न गर्न असम्भव भएको पनि मेयर शाक्यले बताए ।

अुनसार ०७४ को निर्वाचनपछि पुनः प्रधानमन्त्रीमा नियुक्त भएपछि धरहराको काम सम्पन्न गर्न सफल भएकोमा उनले प्रधामन्त्रीलाई धन्यवाद समेत दिए । पछिल्लो समय काठमाडौंं धुलो, धु’वाँरहित भएको पनि उनको दाबी छ ।

गर्न सके केही पनि असम्भव नहुने बताउँदै काठमाडौंलाई हेर्नलायक बनाउने पनि उनले घो’षणा गरेका छन् ।साथै दरबार हाइस्कुल र रानीपाेखरी पनि पुन:र्निर्माणपछि उद्घाटन सम्पन्न भइसकेको उनले स्मरण गराए । न्युज २४ नेपाल

प्रतिकृया दिनुहोस्