बिहिबार , साउन २१, २०७८

सरकारी कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिन सिफारिस

बैसाख १४, २०७८ मंगलबार 761

काठमाडौं : काठमाडौंलगायतका सहरी क्षेत्र को’रोनाको हट स्पट बनेसँगै सरकारी कार्यलयहरुलाई सातामा दुई दिन बिदा दिन सिफा’रिस गरिएको छ ।

आइतबार बसेको कोभि’ड सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सरकारी कार्यालयमा दुई दिन बिदा दिन मन्त्रिपरि\षद्मा सिफारिस गरेको छ ।

सिसीएमसीले को’रोना संक्र’मण रोक्नका लागि सातामा दुई दिन अर्थात शनिवार र आइतबार सरकारी कार्यलयमा बिदा दिन प्रस्ताव गरेको छ । यस्तै सीसीएमसीले आवश्यक पर्ने न्यूनतम कर्मचारीलाई राखेर कार्यालय संचालन गर्न पनि सिफारिस गरिएको छ ।

यस्तै सीसीएमसीले आजदेखि सञ्चालन हुने सबै खालको परीक्षा स्थगन गर्न सिफारिस गरेको थियो । यद्यपि परीक्षा भने यथावत छ ।

आइतबारको बैठकमा सङ्क्र’मणको बढ्दो त्रा’स र त्यसको रो’कथामबारे आगामी दिनमा अपनाउनुपर्ने रण’नीतिबारे छलफल भएको थियो । यस्तै बैठकले कोरोनाको उच्च संक्र’मण फैलिरहेको छिमेकी मुलुक भारतीय सीमा ना’काहरुमा

क’डाइ गर्दै सीमानाकामा विदेशी नागरिकलाई नेपाल प्रवेशमा रो’क लगाउने सरकारलाई सिफारिस गरेको छ । ‘ यो प्रस्तावमाथि आज बस्ने मन्त्रि’परिषद् बैठकमा छलफल हुनेछ । आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक डाकिएको छ ।

प्रतिकृया दिनुहोस्