२०७८ आश्विन ६ बुधबार

गौरी मल्ल भन्नुहुन्छ : नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ ।(भिडियो सहित)

काठमाडौ : चर्चित अभिनेत्री गौरी मल्लले आफू हिन्दू राष्ट्र नेपालको पक्षमा रहेको बताएकी छिन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको एक अन्तर्वार्ता कार्यक्रममा

पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका मल्लले यस्तो बताएकी हुन् । यद्धपी उनले नेपालमा राजसंस्था फर्कनुपर्छ भन्ने आफने माग र जिकिर नभएको पनि स्पष्ट पारिन् । तर, नेपाललाई हिन्दूराष्ट बनाउनुपर्ने उनको माग छ ।

उनले भनिन्, म हिन्दूराष्टको पक्षमा हो । म हिन्दू राष्ट्रमै परिचित मान्छे हुँ । विदेश जाँदापनि हिन्दू राष्ट्र भएको देशबाट आएको कलाकार भनेर सम्मान पाएको व्यक्ति हुँ ।

तर, आफू हिन्दूराष्ट बनाउनको लागि प्लेकार्ड बोकेर भने सडकमा नआउने विश्वास दिलाईन् । उनले आफूलाई राजनीतिमा आउनको लागि प्रस्ताव आएको भएपनि आफू नजाने बताईन् ।

उनले अहिले कलाकारितामै आफूले आनन्द लिईरहेको सुनाईन् । उनले आफूलाई नेपालमा मनपर्ने नेतामा गणेशमान सिंहको नाम लिईन् ।

भिडियो !

२०७८ बैशाख १४, मंगलवार ०५:५८ गते 0 Minutes 903 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार