२०७८ आश्विन ५ मंगलवार

यातायात व्यवसायी भन्छन : विमान चलिरहे सार्वजनिक सवारी पनि बन्द गर्दैनौं ।

काठमाडौं : यातायात व्यवसायीहरुले विमानलाई चल्न दिएर सार्वजनिक सवारी मात्रै बन्द गर्ने गरी नि’र्णय भएमा अवज्ञा गर्ने चेता’वनी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयहरुले गरेको सार्वजनिक यातायात बन्द गर्ने निर्णयमा द्वै’ध नीति देखिएपछि यातायात व्यवसायीले असन्तु’ष्टि पोखेका हुन् । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले असोज १६ गतेदेखि सार्वजनिक

यातायात ब’न्द गरेर नि’षेधाज्ञा लगाउने निर्णय गरेका छन् । जसमा आन्तरिक हवाई सेवाका विमानलाई भने यथावत रुपमा सञ्चा’लन गर्न दिने उल्लेख छ ।ठूला व्यवसायीको लगानी रहेको विमानमाभरि यात्रु बोक्न दिने, बसमा यात्रु किन बोक्न नदिने ?

भन्दै उनीहरुले गाडीमा पनि सिट क्ष’मताअनुसरकै यात्रु बोक्न पाउनुपर्ने माग अघि सारेका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सवारीलाई

रोक्दै विमान चलाएर महामारी नरोकिने बताए । ‘हामीले सवारी बन्द गरेर महामारीको चेन ब्रेक हुन्छ भने हामी योगदान गर्न तयार नै छौं,’ उनले भने, ‘तर, हामीले सवारी ब’न्द गरेर बस्दा विमान चलिरहेमा त्यसले कसरी महामारी रोकिन्छ ?

’आन्तरिक उडानमा यात्रुबीच दूरीको नियम पालना हुँदैन । विमानका यात्रु र वायुसेवा सञ्चालकले जे–जे मापद’ण्ड पालना गर्छन्, हामी पनि त्यो पूरा गर्न आफूहरु पनि तयार रहेको उनको भनाइ छ ।

‘सरकारले बसमा विमानमा भन्दा सानो लगानी छ भनेर द्वैध खालको नीति लिँदा यात्रु र व्यवसायी म’र्कामा पर्छन्,’ सिटौला भन्छन् ।

कि बस चढ्न बा’ध्य गरिब नागरिकले मात्र कोरोना सार्छ, विमानमा उड्नेहरुले माहमारी नफैलाउने हो ?’महासचिव सिटौलाले सरकारले दोहोरो खालको निर्णय लिएमा आफूहरुले सरकारी निर्णयको अवज्ञा गर्ने उनले बताए ।

२०७८ बैशाख १४, मंगलवार ०९:४९ गते 1 Minute 1248 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार