२०७८ आश्विन ५ मंगलवार

ज्ञानेन्द्र मल्ल भन्नुहुन्छ : भारत पाकिस्तान जस्ता बलियो राष्ट्रलाई हराउन आतुर छौ ।(भिडियो सहित)

काठमाडाैं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले नेपालभन्दा बलिया राष्ट्रसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न आतुर रहेको बताउनुभएको छ ।

उहाँले बलिया राष्ट्रसँग खेल्दा टोलीको प्रदर्शनको स्तर सुध्रिनुका साथै सिक्ने पर्याप्त अबसर समेत पाउने बताउनुभयो ।
नेपालले मलेसिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी ट्वान्टीको उपाधि जितेपछि गोरखापत्र

अनलाइनसँगको अन्तवार्तामा उहाँले साना साना गल्तीलाई सुधार्दै जाँदा नेपाल हालको अवस्थासम्म पुगेको खुलाउनुभयो । “कुनै एक तत्व मात्रै निर्णायक नभई समग्र टोलिको स-साना गलतीलाई सुधार्दै जाँदा प्राप्त भएको परिणाम हो यो ।”–उहाँले बताउनुभयो ।

कप्तान मल्लले आईसीसीले एशोसिएट राष्ट्रबीच टेष्ट खेल्ने नीतिमाथि छलफल गरिरहेको सन्दर्भमा अन्तर्राष्ट्रिय एकदिबसीय र ए श्रेणिको क्रिकेटका लागि घरेलु पूर्बाधार र लिगको ब्यवस्था गर्नुपर्ने जिकिर गर्नुभयो ।

“आईसीसीको बहस स्वागत योग्य छ तर हामी पाँच दिनसम्म खेल्न सक्छौं या छैनौं, त्यो पनि हेर्नुपर्ने हुन्छ, यसका लागि घरेलु स्तरमा त्यस प्रकारको क्षमता विकास गरिनु जरुरी छ ।”– उहाँले थप्नुभयो ।

कुशल मल्लको नाममा डबल विश्वकीर्तिमान, तोडे फकर जमानको रेकर्ड !

शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न त्रिदेशीय टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा अर्धशतक बनाउँदा नेपालका कुशल मल्लले विश्वकीर्तिमान कायम गरेका छन्। उनले पाकिस्तानी खेलाडी फकर जमानको विश्वकीर्तिमान तोडेर आफ्नो नाम लेखाएका हुन्।

उनले शनिबार नेदरल्याड्सविरुद्धको खेलमा २४ बलमा ५० रन बनाए। याे नेपालका लागि सबैभन्दा फास्ट अर्धशतक पनि हाे। टी ट्वान्टी इन्टरनेशनलमा अर्धशतक बनाउँदा उनको उमेर मात्र १७ वर्ष ५० दिनको भयो।

उनले विश्वमा सबैभन्दा कान्छा खेलाडीले अधशर्तक बनाउने विश्वकीर्तिमान बनाएका हुन्। यसअघि यो कीर्तिमान जमानको नाममा थियो। उनले १७ वर्ष ५२ दिनको उमेरमा यो कीर्तिमान बनाएका थिए।

मल्लले यसअघि नेपालकै रोहित पौडेलको नाममा रहेको एकदिवसीय क्रिकेटमा सबैभन्दा कान्छा खेलाडीको अर्धशतकको विश्वकीर्तिमान पनि तोडेका थिए। टी ट्वान्टी र ओडीआई दुबैमा सबैभन्दा कान्छो उमेरमा अधर्शतक बनाउने खेलाडीको रेकर्ड कुशल मल्लको नाममा रहेको छ। –गोरखापत्र दैनिकबाट

भिडियो !

२०७८ बैशाख १५, बुधबार १३:०६ गते 1 Minute 717 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार