२०७८ कार्तिक ९ मंगलवार

शक्ति प्रदर्शन गर्न सयाैं गाडी तयार पार्ने पार्टीहरूले जनताकाे लागि केहि गाडी तयार गर्न सक्दैन थिए र ?

काठमाडौं : को’रोना भा’इरस महामा’रीको दो’स्रो लहर देखापरेपछि काठमाडौँ उपत्यकाका जिल्ला प्रशासनले बिहीबारदेखि निषे’धाज्ञा लागू गरेका छन्।

निषे’धाज्ञाका कारण धेरै गतिविधि ब’न्दहुने भएपछि धेरै मानिसहरू काठमाडौँ छाडेर आफ्नो घर भएका ठाउँहरूमा फर्कदैं छन् । यसले उपत्यका बाहिर चल्ने सार्वजनिक यातायात पाइने स्थानमा भी’डभाड पनि बढेको छ ।

यकिन तथ्याङ्क कतै अद्यावधिक नगरिए पनि यात्रु चा’प हेर्दा झन्डै पाँचलाखले एकै दिन उपत्यका छाडेको अनुमान छ। को’रोना भा’इरस महामा’रीको ‘ सङ्क्र’मण भ’यावह रूपमा फैलिएको भन्दै त्यसको रोकथाम तथा नि’यन्त्रणका लागि बिहीबारदेखि लागू हुने गरी काठमाडौँ,

ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । गोँगबुस्थित नयाँ बसपार्क मङ्गलबार बिहानैदेखि घर फ’र्किनेहरूले खचा’खच भरिएको थियो ।

यातायात व्यवसायी मिन पनेरुले बसपार्कबाट छुटेका प्रायः सबै सवारी साधन यात्रुले भरि’भराउ भएको जानकारी दिनु भयो । देशका विभिन्न स्थानबाट काठमाडौँ उपत्यका भित्रिएका बस, माइक्रोबस र मिनीबसलाई तत्कालै सम्बन्धित गन्तव्यमा पठाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

महानगरीय ट्रा’फिक प्रहरी महाशाखाका अनुसार मङ्गलबार मात्र झन्डै पाँच लाख जनाले उपत्यका छोडेको अनुमान गरिएको छ । महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले सङ्ख्यामा उल्लेख गर्न नसके पनि नाकामा दशैँ–तिहारकै जस्तो भीड बढेको बताउनुभयो ।

उपत्यका भित्रिने भन्दा बाहिरिने सवारी साधनको सङ्ख्या दोब्बर रहेको छ । नागढुङ्गा, भक्तपुरको जगाते, बल्खु–फर्पिङ, चन्द्रागिरि, ललितपुरको लेले, टोखा छहरे, मुड्खु, जरसिंहपौवा र रामकोटलगायतका नाकाबाट भित्रिनेभन्दा बाहिरिने सवारी साधनको सङ्ख्या दोब्बर पुगेको ट्रा’फिक प्रहरीले जनाएको छ ।

जनताले सहजसँग आफ्नो गाउँघर फर्कने व्यवस्था समेत नभएको भन्दै सर्व साधरणले सामाजिक सञ्जालमा रोष प्र’कट गरिरहेका छन् । युवा वैज्ञानिक उत्तम बाबु श्रेष्ठले अस्ति जनसभा र आम सभा भन्दै राजधानीमा मान्छे उतार्ने स’त्तारुढ दल तथा उनका विपक्षीहरू अहिले नागरिकका पी_डामा कहाँ छन् भनेर प्रश्न सोधेका छन् ।

दलहरूले जनतालाई आफ्नो स्वार्थमा मात्र उपयोग गरेको उनको टि’प्पणी छ । उनले लेखेका छन्- आज कलं’कीतिर जाँदा देखियाे सरकारकाे सक्कली अनुहार। उपत्यका छाेड्नकाे सम्हाली नसक्नुकाे भिड । अधिकांशले मास्क प्रयाेग गरेका थिए तर भाैतिक दु’री कायम भएकाे थिएन । आमसभामा श’क्ति प्रदर्शन गर्न सयाैं गाडी तयार पार्ने पार्टीहरूले जनताकाे लागि केहि सय गाडी तयार गर्न सक्दैन थिए र ?

२०७८ बैशाख १६, बिहीबार ०५:४४ गते 1 Minute 778 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार