२०७८ आश्विन १३ बुधबार

एकै दिनमा झन्डै पाँच लाखले छोडे काठमाडौँ ।

काठमाडौँ : काठमाडौँ उपत्यकामा नि’षेधाज्ञा जारी गरेसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको छ । यकिन तथ्याङ्क कतै अद्याव’धिक नगरिए पनि यात्रु चा’प हेर्दा झन्डै

पाँच लाखले एकै दिन उपत्यका छा’डेको अनुमान छ ।
को’रोना भा’इरस महामा’रीको नयाँ स’ङ्क्रमण भ\यावह रूपमा फै’लिएको भन्दै त्यसको रो’कथाम तथा नि’यन्त्रणका लागि बिहीबारदेखि लागू हुने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा निषे’धाज्ञा जारी गरिएको हो ।

गोँगबुस्थित नयाँ बसपार्क मङ्गलबार बिहानैदेखि घर फर्किनेहरूले खचाखच भरिएको थियो । यातायात व्यवसायी मिन पनेरुले बसपार्कबाट छुटेका प्रायः सबै सवारी साधन यात्रुले भरिभ’राउ छ। देशका विभिन्न स्थानबाट काठमाडौँ उपत्यका भित्रिएका बस, माइक्रोबस र मिनीबसलाई तत्कालै सम्बन्धित गन्तव्यमा पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

महानगरीय ट्रा’फिक प्रहरी महाशाखाका अनुसार मङ्गलबार मात्र झन्डै पाँच लाख जनाले उपत्यका छोडेको अनुमान गरिएको छ ।महाशाखा प्रमुख व’रिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले सङ्ख्यामा उल्लेख गर्न नसके पनि नाकामा दशैँ–तिहारकै

तस्बिर : रातोपाटि

जस्तो भीड बढेको बताउनुभयो । उपत्यका भित्रिनेभन्दा बाहिरिने सवारी साधनको सङ्ख्या दो’ब्बर रहेको छ । नागढुङ्गा, भक्तपुरको जगाते, बल्खु–फर्पिङ, चन्द्रागिरि, ललितपुरको लेले, टोखा छहरे, मुड्खु, जरसिंहपौवा र रामकोटलगायतका

‘ भित्रिनेभन्दा बाहिरिने सवारी साधनको सङ्ख्या दोब्बर पुगेको ट्राफिक प्रहरीले जनाएको छ । मङ्गलबार लामो दू’रीका यात्रुको सङ्ख्या बढी देखिएको छ भने बुधबार छोटो दूरीका यात्रुको चाप बढ्ने अनुमान यातायात व्यवसायीको छ ।

तस्बिर: रातोपाटि

नागढुङ्गा ना’काबाट मात्र मङ्गलबार १५ हजार सार्वजनिक सवारी साधन बाहिरिएका छन् । ती सवारी साधनबाट करिब दुई लाख ५० हजार यात्रु बाहिरिएको प्रहरीको अनुमान छ । महानगरीय प्रह’री कार्यालयका अनुसार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म एउटै नाकाबाट यति धेरै यात्रु बाहिरिएका हुन् । त्यस्तै, जगातेबाट पनि करिब एक लाख बाहिरिएको अनुमान गरिएको छ ।

२०७८ बैशाख १६, बिहीबार ०५:५२ गते 1 Minute 442 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार