२०७८ आश्विन ४ सोमबार

हवाई यात्रुले विमानस्थलका प्रिपेड ट्याक्सी घरमै बोलाउन पाउने !

काठमाडौं : त्रिभुवन विमानस्थलबाट यात्रा गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाईयात्रुले शहरबाट विमानस्थलसम्म आउन घरमै ट्याक्सी बोलाउन सक्ने छन् ।

तर, यो सुविधा त्रिभुवन विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटवाला एयरर्पोट पि्रपेड ट्याक्सीको हकमा मात्र लागू हुने छ ।

त्रिभुवन विमानस्थल कार्यालयले आज सूचना जारी गर्दै यस्तो जानकारी गराएको छ । विमानस्थल कार्यालयका अनुसार हवाई यात्रुले वैधानिक हवाई टिकट/पासपोर्ट/भिसा देखाएका आधारमा विमानस्थलमा आवतजावत गर्न सक्ने भएका छन् ।

यसका लागि सवारी साधनको सुविधा लिनु परेमा भने प्रिपेड ट्याक्सी बोलाउन सकिने भएको हो । कार्यालयका अनुसार प्रिपेड ट्याक्सीलाई फोन गरेपछि सम्बन्धित स्थानमा पुग्ने छन् ।

त्यसका लागि विमानस्थल कार्यालयले फोन नम्बर समेत सार्वजनिक गरेको छ । सरकारले काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा घोषणा गरेको छ । यस क्रममा हवाई यातायात भने खुला रहेको छ ।

२०७८ बैशाख १६, बिहीबार १५:३८ गते 0 Minutes 546 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार