आइतबार , साउन १०, २०७८

नेपालसहित ६ देशबाट कतार प्रवेश गर्नेलाई बनाइयो यस्तो कडा नियम !

बैसाख १७, २०७८ शुक्रबार 497

काठमाण्डौ : नेपालसहित ६ देशबाट कतार जानेले अनिवार्य क्वरेण्टीन बस्नेपर्ने भएकाे छ । कतार सरकारले नेपाल, भारत, बंगलादेश, पाकिस्तान श्रीलङ्का र फिलिपिन्सबाट

भोलिदेखि कतार प्रवेश गर्नेहरुलाई अनिवार्य क्व’रेण्टीनको नियम लागु गरेको हो । पछिल्लो समय भारतमा देखा परेको को’रोनाको नयाँ भेरिएण्टका कारण सत’र्कता अपनाउन कतारको जनस्वास्थ्य मन्त्रालयको सोमबार बसेको बैठकले अप्रिल २९

अर्थात भाेलिदेखि यो नियम लागु हुने जनाएको छ ।यी देशबाट कतार प्रवेश गर्नेलाई १० दिन होटल क्वरे’ण्टीन वा १४ दिन मेकाइ’निस क्व’रेण्टीन बस्नुपर्ने छ । यस्तै यी देशबाट कतार

प्रवेश गर्दा तोकिएको स्वास्थ्य केन्द्रबाट पीसीआर परी’क्षण गरिएको २४ घण्टा अघिको रिपोर्ट साथमा राख्नुपर्ने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । यो प्रावधान कतारमा को’रोना वि’रुद्धको खो’प लगाइसकेका व्यक्तिको हकमा समेत लागु हुने छ ।

यस्तै कतारलाई ट्रान्जिट बनाइ अन्य देशमा यात्रा गर्ने सबै यात्रुलाई पनि पीसीआर परी’क्षण अनिवार्य गरेको छ ।
आफ्नो गन्तव्य देश जानेहरुलाई पीसीआर परीक्षण आवश्यक परेमा हमाद अन्त’र्राष्ट्रिय विमानस्थलमा तीन सय कतारी रियाल तिरेर कोरोना परीक्षण गर्न मिल्ने व्यवस्था रहेको पनि दूता’वासले जनाएको छ ।

प्रतिकृया दिनुहोस्