२०७८ आश्विन २ शनिबार

नेपालसँग मैत्रिपूर्ण फुटबल खेल्न इराकको प्रस्ताव !

काठमाडौं : इराकले मैत्रीपूर्ण खेलका लागि नेपाललाई प्रस्ताव गरेको छ । इराक फुटबल संघले नेपाललाई मैत्रीपूर्ण फुटबल खेलका लागि प्रस्ताव गरेको हो ।

इराकले नेपालसंग मैत्रिपूर्ण खेल हुने जानकारी गराएको हो ।
नेपाली फुटबलको सर्बाेच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)ले भने मैत्रिपूर्ण खेल पक्का नभैसकेको जनाएको छ । उसले यसलाई प्रस्तावको रुपमा लिएको छ ।

‘प्रस्ताव आएको हो । तर पक्का भैसकेको छैन ।’ एन्फा स्रोतले खेलपाटीसँग भन्यो । इराक फुटबलले जनाए अनुसार नेपाल र इराक बीचको खेल अर्को महिनाको अन्तिममा हुनेछ । मिति भने तय भएको छैन ।

हाल को’रोना महामा\रिसँगै बढेको सुरक्षा मापद’ण्ड र अन्तराष्ट्रिय उडानका कारण मैत्रिपूर्ण फुटबल पक्का नभैसकेको र छलफल भैरहेको एन्फाले जनाएको छ ।

‘बढ्दै गएको को’रोना र अन्तराष्ट्रिय उडान लगायत बिषय कठिन रहेकाले छलफलमा छौं ।’ स्रोत भन्छ ।हाल फिफा विश्वकप २०२२ छनोटका बाँकी खेलको लागि तयारी गरिरहेको इराकले नेपालसँग खेल्न प्रस्ताव गरको हो ।

खेल इराकको अन्तराष्ट्रिय रंगशाला बसरामा हुनेछ ।
पछिल्लो फिफा बरियता अनुसार इराक ६८ स्थानमा रहेको छ भने नेपाल १७१ औं स्थानमा रहेको छ ।

समूह सी मा रहेको इराकले ५ खेलबाट ३ जित २ बराबर सहित ११ अंक जोडेको छ । बहराईन, इरान, हङकङ र कम्बोडिया रहेको समूहमा इराक शिर्षस्थानमा छ ।

नेपाल समेत हाल विश्वकप छनोटका बाँकी तीन खेल नजिक रहेको छ । नेपाल समूह बी मा रहेको छ । नेपाल ५ खेलमा १ जित सहित ४ हार सहित ३ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।

नेपालले आफ्नो बाँकी तीन खेलमा अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेको सामना गर्नेछ । यता, इराकले भने कम्बोडिया, हङकङ र इरानसँग खेल्न बाँकी रहेको छ ।

निर्धारित समयमा खेल भएको खण्डमा नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुर्ताईरीको पहिलो खेल हुनेछ । यसअघि नेपालले घरेलु मैदानमा आयोजना भएको थ्री नेसन्स कपको उपाधि हात पारेको थियो ।

२०७८ बैशाख १७, शुक्रबार ०७:५३ गते 1 Minute 357 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार