शनिबार , जेठ २९, २०७८

नयाँ प्रशिक्षकले दिए यस्तो गुरुमन्त्र जसले नेपाली ब्याटिङको कायापलट गरिदियो ।

बैसाख १७, २०७८ शुक्रबार 210

काठमाडौं : नेपालले सिरिजमा ५ खेलमा ब्याटिङमा उच्च प्रदर्शन गरेको थियो। पछिल्ला तीन खेलमा २ सयमाथि रन बनाएको छ।

ब्याटिङ सुधार हुनुमा यसको श्रेय प्रशिक्षक वाट्मोरलाई जाने बताउँछन् शेख। ‘उहाँले हाम्रो विचार नै परिवर्तन गरिदिनु भएको छ। खेलाडीको मानसिक परिवर्तन भएको छ। ब्याटिङमा अझै सुधार गरेका छौं। अझै केही सुधार हुन सक्छ।

यो सबैको श्रेय जान्छ प्रशिक्षक वाट्मोरलाई’, उनी भन्छन्।
उनले पहिलेभन्दा खेलमा सुधार आएको पनि स्वीकार गरे। ‘हाम्रो खेलमा सुधार आएको छ। राम्रो खेलेका छौं। विकेट पनि लियौं। मिहिनेत देखिएको हो। तयारी र मिहिनेत अहिले देखिइरहेको छ’, उनले भने।

यस्तै, कप्तान मल्ल पनि युवा खेलाडी र प्रशिक्षककै कारण खेलमा सुधार आएको बताउँछन्। ‘टोलीमा धेरैजसो युवा खेलाडी थिए। उनीहरुले राम्रो खेल खेले।

युवा खेलाडीलाई मौका र प्रशिक्षण दिने हो भने उत्कृष्ट खेल्न सक्छन् भन्ने प्रमाणित भएको छ। यो सिरिजमा कुशल, आरिफ र सन्दीपले उत्कृष्ट खेल देखाए’, उनी भन्छन्। उनले प्रशिक्षककै कारण खेलमा सुधार आएको पनि बताए।

‘सबै खेलमा हामीले राम्रो रन बनायौं। कुनै पनि कमजोर खेलेका छैनौं। एक दुई वटा गल्तीले गर्दा नेदरल्यान्ड्ससँग हारेका थियौं। उपाधि जित्नुभन्दा पनि हामीले राम्रो क्रिकेट खेल्यौं, यसैमा सन्तुष्ट छु’, ज्ञानेन्द्रले भने। उनले यो जितसँगै खेलमा भविष्य बनाउने सोच बनाएकालाई पनि प्रेरणा थपिने बताए।

‘पाएको मौकालाई राम्रोसँग सदुपयोग गर्ने हो भने युवा खेलाडीले नेपाली क्रिकेटलाई योभन्दा अझ माथि पुर्याउन सक्छन्। आगामी दिनमा यो नेपाली क्रिकेटलाई एउटा राम्रो सन्देश हो,’ उनले भने।

अबको चुनौती

प्रशिक्षक वाट्मोरको चुनौती भनेको यही लयलाई कायम राख्नु हो। अब उनको मुख्य ध्यान २०२२ मा अष्ट्रेलियामा हुने टी२० विश्वकप हो। टी२० विश्वकपको नेपालले २०२२ फेब्रुअरीमा सिधै ग्लोबल छनोट खेल्दैछ। जसमा सहभागी हुने १६ टोलीमध्ये ४ टोलीले विश्वकपमा स्थान बनाउनेछन्।

सोही चार टोलीमा पर्नसके नेपाल २०२२ अक्टोबरमा हुने विश्वकपमा खेल्न पाउनेछ। यता, आईसीसीले तय गरेको लिग ९२ को नयाँ खेल तालिकाअनुसार नेपालले आगामी मार्चदेखि २०२३ को फेब्रुअरीसम्ममा ८ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ। लिगका नौ वटा सिरिजमध्ये नेपालले गत वर्ष घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो।

लिग–२ मा नेपालसहित नामिबिया, ओमन, पपुवा न्युगिनी (पीएनजी), स्कटल्यान्ड, युएई र अमेरिका छन्। लिग–२ का उत्कृष्ट ३ टिम आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा छनोट हुनेछन्। पुछारका ४ टिम आइसिसी क्रिकेट विश्वकप छनोटको प्लेअफ प्रतियोगितामा धकेलिनेछन्।

लिग ९२ ले विश्वकप छनोट मात्र नभएर एकदिवसीय मान्यताको पनि टुंगो लगाउनेछ। तर, घरेलु प्रतियोगितमा कोरोना बाधक बनेको छ। अहिले आयोजना भएको सिरिज पनि दर्शक बिना खेलाइएको थियो। यस्तो अवस्थामा नेपाली टोलीले जुन उचाइ पाएको छ त्यो कायम राखिरहन सजिलो छैन। अझ भनौं, खेलाडीको लय।

खेलाडीको खेलमा सुधार आउने भनेको प्रतियोगिता खेलेर हो। जुन नेपालमा अब कहिले आयोजना हुने हो अत्तोपत्तो छैन।
त्यसैले यही लयलाई कायम राख्न निरन्तर खेल खेलाउनु पर्ने बताउँछन् कप्तान मल्ल।

‘कोरोना महामारी हाम्रो हातमा छैन । राम्रो प्रतिस्पर्धा भएको खेल भइराख्ने हो भने राम्रो हुन्छ। ब्याटिङले जुन लय समाएको छ त्यसलाई निरन्तर खेल चाहिन्छ। निरन्तर खेल हुँदा खेलाडीको मनोबल पनि उच्च हुन्छ’, उनले भने। नेपाल लाईभबाट

प्रतिकृया दिनुहोस्