२०७८ आश्विन ४ सोमबार

बधाई ! रोहित चन्दले इन्डोनेसियामा आफ्नो टिमलाई दिलाए ठुलो उपाधी ।(भिडियो सहित)

काठमाडौ : नेपाली राष्ट्रिय टिमका डिफेन्डर रोहित चन्द आबद्ध पेर्सिजा जाकर्ताले २०२१ मेन्पोरा कपको उपाधि जितेको छ। इन्डोनेसियाको प्रि-सिजन प्रतियोगिताको रूपमा रहेको पेर्सिजाले

दुई लेगको फाइनलमा पेर्सिबलाई समग्रमा ४-१ गोलले पराजित गर्दै उपाधि जितेको हो। पहिलो लेगमा २-० गोलले विजयी भएको पेर्सिजाले आइतबार भएको दोस्रो लेगमा २-१ को जित निकाल्यो। आइतबार पेर्सिजाका लागि ओस्भाल्डोले ५१ मिनेटमा पहिलो गोल गरेका थिए।

पेर्सिबका फर्डिनान्डले ८४ मिनेटमा गोल फर्काए। दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा पेर्सिजाका रिकोले टिमका लागि दोस्रो गोल गरेका थिए। प्रतियोगितामा इन्डोनेसियन लिग वानका १७ टिमले भाग लिएका थिए। प्रतियोगिता खेल्नका लागि रोहित गत महिना इन्डोनेसिया पुगेका थिए।

नेपालले थ्री नेसन्स कपको उपाधि जितेको पर्सी पल्ट रोहित इन्डोनेसिया पुगेका थिए। जसका कारण उनले प्रतियोगिताको सुरुवाती खेल गुमाएका थिए। बंगलादेशलाई पराजित गर्दै नेपालले थ्री नेसन्स कप जित्दा रोहित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।

चेल्सीसँग रियलको बराबरी

स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा प्रिमियर लिग क्लब चेल्सीसँग बराबरी खेलेको छ । मंगलबार राति भएको खेलमा रियलले चेल्सीसँग १–१ गोलको बराबरी खेलेको हो ।

अल्फ्रेडो डी स्टेफानोमा भएको खेलको १४ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । खेलको २९ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफमा १–१ गोलको बराबरी खेलेका दुबै टोलीले दोस्रो हाफमा गोल भने गर्न सकेनन् । बराबरीसँगै दुबै टोलीको खेलको नतिजा भने दोस्रो लेगमा मिल्नेछ । चेल्सीको घरेलु मैदानमा हुने दोस्रो लेग मे ६ मा हुनेछ ।

नेपाल सुपर लिगमा आज दुई खेल हुँदै

नेपाल सुपर लिग (एनएसएल) मा आज दुई खेल हुँदैछन् । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुने पहिलो खेलमा एफसी चितवन र बुटवलको लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

चितवनले पहिलो खेल ललितपुर सिटी एफसीसँग १–१ गोलको बराबरी खेलेको थियो भने बुटवल लुम्बिनीले पोखरा थन्डर्सलाई २–० ले पराजित गरेको थियो ।

यस्तै बेलुका साढे ५ बजेदेखि सुरु हुने दोस्रो खेलमा विराटनगर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल हुँदैछ । यसअघि हिजोको खेलमा धनगढी एफसीले काठमाण्डाै रेजर्सलाई ३–० गोलले हराएको थियो । -ताजा खबर टिभि

भिडियो !

२०७८ बैशाख १७, शुक्रबार १३:४९ गते 1 Minute 428 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार