आइतबार , साउन १०, २०७८

थप अक्सिजन सिलिन्डर ल्याउन ‘एयर लिफ्ट’ गर्नुपर्ने सुझाव ।

बैसाख १८, २०७८ शनिबार 350

काठमाडाैं : को’रोना सङ्क्र’मणको दोस्रो लहर तीव्र गतिमा फैलिरहँदा यतिबेला सङ्क्र’मितका लागि अ’क्सिजनको प्रयोग भने असामान्य रूपमा बढेको छ ।

सामान्य दिनमा एउटा अस्पतालबाट दैनिक औसत डेढ दर्जन अक्सि’जन सिलिन्डरको माग हुने गरेकोमा अहिले दुई सयवटासम्म सिलिन्डरको माग आउन थालेको अक्सिजन उत्पादकहरू बताउँछन् ।

यस्तो परिस्थितिमा नेपालमा उपलब्ध प्रायः सबै सिलिन्डर प्रयोगमा आइसकेकाले थप सिलिन्डर ल्याउन एयर लिफ्ट’ गर्नुपर्ने उत्पादकहरूको भनाइ छ ।

अ’क्सिजन उत्पादनमा नेपाल आ,त्मनिर्भर रहे पनि त्यसलाई भर्न आवश्यक सिलिन्डर भने अब अभाव हुन थालेको अ’क्सिजन ग्यास उत्पादक सङ्घका महासचिव नारायणदत्त तिमिल्सिनाले बताए ।

अक्सिजनभन्दा पनि सिलिन्डरको अभावले भविष्यमा मागअनुसारको आपू’र्तिमा स’मस्या पर्ने भएकाले यसमा सरकारले सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ । याे खबर आजको गोरखापत्र दैनिकमा छापिएकाे छ ।

यता : बिहीबार साँझसम्म काठमाडौं उपत्यकाबाट ७० हजार गाडी बाहिरिएको छ भने ३० हजार गाडी भित्रिएको छन् । निषे’धाज्ञा जारी भएको पहिलो दिन बिहीबार साभा दुइ लाख मानिस उपत्यकाबाट बाहिरिएका छन् भने भित्रिनेको संख्या ७०

हजारमात्र रहेको ट्रा’फिक प्रहरी’का प्रवक्ता (एसएसपी) श्यामकृष्ण आधिकारीले जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभयो,“ दुई हजार ३९ वटा गाडीलाई हामीले कारबाही गरेका छौँ, सावा दुई लाख यात्रु बाहिरिएका छन् भने दुई–तीन दिनमा ७० हजार यात्रु मात्र उपत्यका भित्रिएका छन् ।”

त्रिपुरेश्वर चोकमा राखिएको ट्रा’फिक प्रह’रीको चेक पोष्टमा प्रह’रीले सबै सवारी साधन रोकेको थियो भने परिचय पत्र बोक्ने चालक र अत्यावश्यक सवारी साधनलाई चल्न दिइएको उहाँले बताउनुभएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्