आइतबार , साउन १०, २०७८

झापाका ५ पालिकामा सेना परिचालन, सशस्त्रको फरवार्ड पोस्ट ४४ स्थानमा ।

बैसाख १८, २०७८ शनिबार 383

झापा : को’भिड–१९ को सङ्क्र’मणविरु’द्ध सचेतना फैलाउन जिल्लाका ५ स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकबल,
गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन

गरिएको नेपाली सेनाका चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरज’ङ्ग थापाले बताउनुभयो । गत वर्षसमेत को’भिड–१९ को महामारी ती’व्रगतिमा फैलिएका बेला नेपाली सेनाको टोली दक्षिण झापाको कचनकबल गाउँपालिकामा परिचालन गरिएको थियो ।

होल्डिङ सेन्टर

नेपाली सेनाले काँकडभिट्टा नाकामा होल्डिङ सेन्टर निर्माण गर्न थालेको छ । श्रीनाथ गणबाट क्याप्टेन विजय निरौलाको कमाण्डमा गएको टोलीले काँकडभिट्टा खेलमैदानमा शुक्रबारदेखि हो’ल्डिङ सेन्टरको पू’र्वाधार निर्माणको काम शुरु गरेको हो ।

पहिलो दिन सेनाको टोलीले खेलमैदानको आधा भाग ओगट्ने गरी रेखाङ्कन गरेको छ भने बाँसलगायत साम’ग्री किनेर घे’राबेरा बनाउन थालेको छ । यहाँ एक हजार क्षमताको होल्डिङ सेन्टर बन्न लागेको हो ।

सीमामा सश’स्त्रका ४४ पोस्ट

यसैबीच झापामा भारतसँगको १४४ दशमलव दुई किलोमिटर सीमा क्षेत्रमा सश’स्त्र प्रहरीले ४४ वटा फ’रवार्ड पोस्ट स्थापना गरेको जनाएको छ । सशस्त्र प्र’हरी बल २ नं गणका सूचना अधिकारी प्रेम भण्डारीका अनुसार सीमा सुरक्षा र अपराध

नियन्त्रणका लागि गत वर्ष १३ वटा फरवार्ड पोस्ट स्थापना गरिएका थिए । यसपालि ३१ वटा पोस्ट सीमा क्षेत्रमा स्थापना गरिएका छन् । को’भिड–१९ स’ङ्क्रम’णको दोस्रो लहर ती’व्ररूपमा फैलिन थालेपछि सीमाबाट अवाञ्छित आवागमन हुन नदिन

सशस्त्र प्रहरीले फरवार्ड पोस्ट स्थापना गरेको उहाँले बताउनुभयो । झापाका सीमा’वर्ती क्षेत्रमा हाल १८ वटा बोर्डर आउट पोस्ट रहेका छन् । सशस्त्र प्रह’रीको परिचालन र पोस्टको बढोत्तरीपछि सीमा क्षेत्रमा नेपाली सुरक्षा व्यवस्था कसिलो भएको छ ।

आइतबारदेखि निषेधा’ज्ञा

कोभिड–१९ को बढ्दो सङ्क्र’मण रोक्न झापामा आइतबारदेखि लागू हुने गरी नि’षेधाज्ञा जारी भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले शुक्रबार जारी गर्नुभएको आदेशमा अत्यावश्यक कामबाहेक सर्व’साधारणले घर बाहिर निस्कन नपाइने उल्लेख छ ।

आदेशमा हाटबजार, भेला, जुलुस, सभा, मेला, भोजभतेर आदि गर्न नपाइने भनिएको छ । निषे’धाज्ञा आइतबार राति १२ बजेबाट शुरु हुने र वैशाख २६ गते राति १२ बजे समापन हुने भएको छ । सिनेमा हल, स्वीमिङ पुल, सामूहिक खेलकूद, पुस्तकालय, जिमखाना, पार्टीप्यालेस, सैलुन र

ब्यूटी’पार्लर सो अवधिमा ब’न्द गरिनुपर्ने निषे’धाज्ञामा जनाइएको छ । यातायातमा जोर बिजोर लगाउने र सरकारी कार्यालयसहित बैंक र वित्तीय सं’स्थामा आलोपालो प्रणाली लागू गराउने भनिएको छ । शुक्रबार को’भिड–१९ जिल्ला सङ्क’ट व्यवस्थापन केन्द्रको बैठक बसेको थियो । बैठकलगत्तै निषे’धाज्ञा जारी गरिएको थियो ।

प्रतिकृया दिनुहोस्