२०७८ कार्तिक १ सोमबार

विप्लव भन्नुहुन्छ : श्रमिकहरू केवल उत्पादनका औजार मात्र नभई समृद्धिका स्रोतसमेत हुन् ।

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उन्नत मानव जीवनका लागि श्रम र विद्रोह श्रमिक वर्गका बाध्य’ता र अधिकार भएको जनाएको छ ।

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले १३२औं श्रमिक दिवसको अवसरमार शुभकामना दिदै श्रमिकहरू केवल उत्पादनका औजार मात्र नभई समृ’द्धिका स्रोतसमेत भएको बताएका हुन् ।

त्यस्तै, महासचिव ‘विप्लव’ले जीवन र समाजलाई परिवर्तन गर्ने जिम्मे’वारी आउँदा मजदुरहरूले श्रमसँगै वि’द्रोह गर्ने र नयाँ समाजको निर्माण गर्ने अग्र\गामी भूमिका पूरा गर्नै पर्ने पनि बताएका छन् ।

त्यस्तै उनले नेपाल ऐतिहासिक रूपा’न्तरणको सम्भावनाबाट अघि बढिरहेको र यहाँको दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था व्यवहारमा पनि असफल भइरहेको बताएका छन् ।

साथै, आफ्नो सङ्क’ट टार्न साम्राज्यवादी शक्तिहरूको निर्देशनमा अनेकौं जाल’झेल भइरहेको पनि उनको ठम्याइ छ ।उनले भनेका छन्, ‘नेपालका मज’दुर, किसान र आमश्रमिकहरूले बुझ्नैपर्छ, आवश्यकता आमूल परिवर्तन र वैज्ञानिक समाजवादको छ ।

यसका लागि हाम्रो पार्टीले संसदीय सरकारको ठाउँमा आम प्रगतिशील, वामपन्थी, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, कम्युनि’स्टहरूको राजनीतिक समीक्षा सभा, प्रगतिशील संयुक्त सरकार र दलाल पुँ’जीवादी सत्ताको ठाउँमा जनमतसङ्ग्रहद्वारा

वैज्ञानिक समाजवादी सत्ताको विकल्प पेस गरेको छ ।’
त्यस्तै, उनले विश्वभर पैदा भएको पुँजीवादी सङ्कटले साबित गर्ने बताउँदै मानव जातिको उन्नत जीवनका लागि वैज्ञानिक

समाजवादबाहेक अर्को कुनै विकल्प नभएको बताएका छन् ।
यसैबीच उनले राष्ट्र परिवर्तन गर्नका लागि ऐतिहासिक जिम्मेवारी बहन गर्दै क्रा’न्तिकारी पूर्वजहरूको पदचापमा एकताब\द्ध भएर निर्भि’कतपूर्वक अगाडि बढ्न सबैलाई आग्र’हसमेत गरेका छन् ।

२०७८ बैशाख १९, आईतवार ०८:३२ गते 1 Minute 202 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार