२०७८ कार्तिक ११ बिहीबार

नेपाल प्रवेश गर्ने नाकामा एन्टिजेन किटको अभाव, भारतबाट भित्रिएका सोझै गाउँमा ।

धनगढी : भारतमा देखिएको को’रोना कह’रका कारण रोजगारीको सिलसिलामा त्यहाँ रहेका नेपालीहरु यतिबेला धमाधम घर फर्किरहेका छन् ।

भारतबाट नेपाल प्रवेश सुदूरपश्चिम प्रदेशका नाकाबाट फर्किने नेपालीहरूको संख्या बढिरहेका बेला कोरोना प’रीक्षणको लागि प्रयोग गरिँदै आएको एन्टिजेन किटको अभाव भएको छ ।
किट अभावमा भारतबाट फर्किएकाहरूको परी’क्षण गर्न

समस्या भएको छ । किट अभावका कारण सबैको परीक्षण नहुँदा को’रोना भा’इरस सं’क्रमित यहाँका गाउँगाउँमा पुगेर स्थिति भ’यावह हुनसक्ने स्वास्थ्यक’र्मीको भनाई छ । सुरूवातदेखिनै नाकामा को’रोना परीक्षणका लागि एन्टिजेन किटको अ’भाव हुँदै आएको छ ।

आफूहरुले बारम्बार सरोकारवाल निकायमा किटको माग गर्दा पनि पाउन नसकेको स्वास्थ्यक’र्मीहरुले गुनासो गरे ।
भारतसँग सीमा जोडिएका यहाँका कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाका, तथा बैतडीको झु’लाघा’ट नाका र

दार्चुलाको कुलघा’ट नाका गरी दैनिक भण्डै तीन हजारको संख्यामा नेपालीहरू भित्रिरहेका छन् । तीमध्ये थोरैको मात्र को’रोना परीक्षण हुने गरेको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

२०७८ बैशाख १९, आईतवार ०८:३८ गते 1 Minute 178 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार