२०७८ आश्विन २ शनिबार

लिटरमै सय रुपैयाँले बढ्यो खाने तेलको मूल्य ।

काठमाडौ : खाने तेलको मूल्य अस्वभाविक रुपमा बढेको छ । ६ महिना अगाडीको तुलनामा अहिले खाने तेलको भाउ लिटरमै १ सयसम्म बढेको छ ।

यसलाई उपभोक्ता र खुद्रा व्यापारीले अस्वभाविक भनेपनि उद्योगीहरु भने कच्चा पदार्थको मूल्य बढ्दा त्यसको असर तयारी तेलमा परेको बताउँछन् । ४ महिना अगाडीसम्म १२० देखि १४० रुपैयाँ प्रतिलिटर पर्ने खाने तेलको मूल्य अहिले

लिटरमै २४० देखि २५० सम्म पुगेको खुद्रा व्यापारीको गुनासो छ । भटमासको तेलको भाउ २२० रुपैयाँ प्रतिलिटर घटी पाउन छोडिएको छ । आफूहरुले थोक व्यवसायीबाट ल्याएकै मूल्यमा तेल बिक्रि गर्दा पनि ‘ठगी’ र ‘कालोबजारी’ को आरोप लाग्ने गरेको खुद्रा व्यवसायीहरुको गुनासो छ ।

पछिल्लो ३ महिनामा खाने तेलको मूल्य ग्राहकको क्रयशक्ति भन्दा बाहिर गएको खुद्रा व्यापारीहरु नै बताउँछन् । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राज कुमार श्रेष्ठ उद्योगी र थोक विक्रेता यसको मुल्य जिम्मेवार हुनुपर्ने बताउँछन् ।

‘हामी त थोक विक्रेतासँग ल्याएर बेच्ने हो, मूल्य बढ्नुमा हाम्रो कुनै संलग्नता हुँदैन’ उनी भन्छन्, ‘तर, सिँधै उपभोक्तासँग हामी ठोकिन्छौँ, गाली हामीले खानु परेको छ । तर, यसको मूल्य जिम्मेवार उद्योगी र थोक व्यापारी हुन् ।’

२०७८ बैशाख १९, आईतवार १०:५४ गते 0 Minutes 547 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार