२०७८ कार्तिक ११ बिहीबार

छालाको एलर्जी निको पार्ने अचुक घरेलु ओखती !

छालाको ए’लर्जी भएमा चिलाउने, रातो हुने, बिबिरा आउने, दाग देखापर्ने जस्ता समस्या हुन्छ । मौसम एवं हावापानी, प्रदूबषण, विभिन्न बनस्पती आदिको कारण पनि छालामा ए’लर्जी हुनसक्छ ।

त्यस्तै कि’राहरुको टो’काइबाट समेत यस्तो समस्या आउँछ । औषधिको साइड इफेक्ट भएमा, साबुनको कारण, सौन्दर्य प्रसाधनको कारण पनि एलर्जी आउनसक्छ । एलर्जी सामान्यत आफै निको हुन्छ । तर, कतिपय एल’र्जीले भने निकै दुःख दिन्छ ,एल’र्जीको ज’टिलता वा स्थिति हेरेर चिकित्सकको परा’मर्श लिनु उपयुक्त हुन्छ । यद्यपि सामान्य अवस्थामा भने घरेलु विधीबाट पनि यसको उपचार खोज्न सकिन्छ ।

जैतुनको तेल
स्किनको लागि भिटामिन ‘ई’ निकै राम्रो मानिन्छ । भिटामिन ‘ई’ को राम्रो स्रोत भनेको ओलिभ आयल अर्थात जैतुनको तेल पनि हो । जैतुनको तेलमा भरपूर मात्रामा भिटामिन ‘ई’ पाइन्छ । यसले अनुहारलाई मुलायम राख्नुका साथै अनुहारलाई सुख्खा हुन दिदैन ।

जैतुनको तेलमा थोरै मह मिसाएर छालामा लगाउनाले छाला चिलाउने समस्या कम हुँदै जान्छ । साथै, नियमित रुपमा यसको प्रयोगले छाला चिलाउने समस्या पूर्णतया निको हुन थाल्छ ।

त्यसैले, जैतुनको तेलमा थोरै बेसार मिसाएर एलर्जी भएको ठाउँ वरिपरि लगाउनाले पनि एल’र्जीबाट राहत मिल्छ ।

बेकिङ्ग सोडा
एलर्जीको ठाउँ वरिपरि बेकिङ्ग सोडाको प्रयोगले छालाको रातोपना कम हुनुका साथै छाला चिलाउन कम हुने गर्छ । विशेषगरी बेकिङ्ग सोडामा थोरै पानी मिसाएर त्यसलाई चिलाएको ठाउँ वरिपरि लगाउनु पर्छ र केही समयका लागि छोड्नु पर्छ । अब त्यसलाई सफा पानीले धुनुपर्छ । बेकिङ्ग सोडालाई पानीको सट्टा नरिवलको तेलमा मिसाएर पनि लगाउन सकिन्छ ।

ओट मिल
सामान्यतया नास्तामा सेवन गरिने ओट मिल छालाको लागि समेत निकै उपयोगी मानिन्छ । थोरै ओट मिललाई राम्ररी पिसेर त्यसलाई तातो पानीमा मिसाएर उक्त पानीले एलर्जी भएको ठाउँ पखाल्नाले पनि एलर्जीबाट छुटकारा पाउन सकिन्छ ।

घिउ कुमारी
घिउकुमारी छाला सम्बन्धि समस्याहरुका लागि रामवाण मानिन्छ । घिउकुमारीमा पाइने एन्टी फंगल तत्वले ए’लर्जीलाई पू’र्णतया नष्ट गर्न मद्दत गर्छ । यसको लागि ताजा घिउकुमारी जेललाई एल’र्जीको वरिपरि लगाउनु पर्छ । त्यसलाई २० मिनेट जति त्यत्तिकै छोडेर सफा पानीले धुनु पर्छ । यति गरेमा मात्र पनि स्किन सम्बन्धि एल’र्जीहरुबाट शरीरलाई राहत मिल्ने गर्छ ।

बरफको सेकाई
हात खुट्टा सुन्निएमा, पोलेमा, फुलेमा, चि’लाएमा वा स्किन सम्बन्धि कुनै पनि समस्या भएमा चि’कित्सकहरु वरफले सेक्न सु’झाव दिने गर्छन् । चिसो वरफले सुन्निएको ठाउँमा सेकेको अवस्थामा सुन्निएको भाग तुरुन्तै बस्न थाल्छ । साथै चिलाउन समेत कम हुँदै जान्छ ।

नीमको पत्ता
कुनै पनि स्किन सम्बन्धि समस्याहरुलाई नीमको प्रयोग लाभकारी मानिन्छ । नीममा एन्टी पं’गल, ए’न्टी एलर्जीक तथा एन्टी व्याक्टे’रियल तत्व हुन्छ । नीममा पाइने यी तत्वकै कारण नीमलाई कुनै पनि रोगमा प्रयोग गर्न सकिन्छ ।

धनिया
धनियाँ एक प्रकारको आ’युर्वेदिक औषधि हो । छालाको रातोपना तथा सुन्निने समस्या कम गर्न धनिया निकै उपयोगी मानिन्छ । पिसेको धनियालाई एलर्जी भएको ठाउँमा लगाएर त्यसलाई करिब २० मिनेटसम्म छोड्नु पर्छ । अब यसलाई पानीले राम्ररी सफा गर्नुपर्छ । यो प्र’क्रियालाई तीन -चार दिनसम्म नियमित रुपमा दोहो¥याएको अवस्थामा केही राहत पाउन सकिन्छ । -जनता न्युज

२०७८ बैशाख १९, आईतवार १६:४४ गते 1 Minute 596 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार