शनिबार , जेठ २९, २०७८

कलंकीमा फरक दृश्य – घर फर्कनेलाई गाडी चढाउन प्रहरीको सहयोग ।(भिडियो सहित)

बैसाख १९, २०७८ आइतबार 249

काठमाडौ : धादिङ गजुरीकी विष्णुमाया बसेल आफ्नो ७ महिने बच्चाको उप’चारका लागि नि’षेधाज्ञा अघि काठमाडौं आएकी थिइन् ।

कान्ति बाल अस्पतालमा भर्ना गरेर उ’पचार गराइरहेका बेला काठमाडौंमा बन्दाबन्दी भयो । विहीबार अस्पतालले डि’स्चार्ज गरेपछि उनी एक रात भाइको कोठामा बसिन् । घर जानका लागि कुनै गाडीमा लि’फ्ट पाइने आशामा शुक्रबार उनी कलंकी चोकमा भाइ–बुहारीसहित पुगेकी थिइन् ।

उनका भाइ काठमाडौं बाहिर गइरहेको कुनै खाली गाडीमा लिफ्ट मिलाइदिन प्रह’रीलाई आग्रह गरिरहेका थिए ।
एकैछिनमा प्रहरीले एउटा ट्रक रोकेर अगाडिको सिटमा उनीहरुलाई चढाइदियो । उनीहरु खुसी हुँदै घरतिर लागे ।

जुत्ता पालिस गर्ने रामसुफल : जो एकछाक खाएर बाँच्ने सुरसारमा छन् !

महो\त्तरीका जहागिर शाखी, काठमाडौंको बागबजारमा कपडाको व्यापार गर्थे । आँखाको उपचारका लागि समय लागेकाले बन्दाबन्दीअघि उनी घर फर्कन पाएनन् । बागबजारबाट रिक्सा चढेर उनी कलंकी पुगे । उनले पनि काठमाडौं बाहिर जाने सवारी रोकिदिन प्रहरीलाई अ’नुरोध गरे । प्रह’रीले महोत्तरीतर्फ जाने ट्रक कुनै छ कि भनेर रोक्दै सोधिरहेको थियो

धादिङ खाल्टेका दिपेश बिडारी शुक्रबार घर फर्किन कलंकी चोक पुगेका थिए । अ’स्पतालबाट छोरीको स्वास्थ्य रिर्पोट नआएकाले पर्खनुपर्दा उनी लकडाउन अघि घर जान पाएनन् । उनले पनि प्रह’रीलाई लिफ्ट मिलाइदिन आग्रह गरे । धादिङको गल्छीसम्म पुग्नका लागि प्रहरीले एउटा खाली ट्रकको अगाडि राखेर उनलाई पनि पठाइदियो ।

हेटौंडाकी सुन्तली तामाङ बैदेशिक रोजगारीका लागि काठमाडौं आएकी थिइन् । तर, म्यानपावर कम्पनीमा आएको समस्याका कारण उनी बिदेश जान पाइनन् । केही दिन एयरपोर्टको होटलमा बसेकी उनी घर फर्किन शुक्रबार कलं’की पुगिन् । प्रहरीले उनका लागि पनि गाडी खोज्न सहयोग ग¥यो ।

प्रहरीको फेरिँदो व्यवहार : पहिले गरम, अहिले नरम !

सार्वजनिक बसलगायतका सवारी साधन ठप्प भए पनि शुक्रबार कलंकी चोकमा मालबाहक ट्रक, भ्यानलगायतका सवारी साधन उल्लेख्य मात्रामा काठमाडौं भित्रिरहेका र बाहिरिरहेका थिए । घर जान भनेर बाहिर निस्किएका सर्वसाधारणले प्रहरीको सहयोगमा केही राहत महसुस गरिरहेका थिए ।

कहिल्यै काठमाडौँ नफर्कने वाचा गर्दै रोल्पा फर्किइन् दिलकुमारी
अघिल्लो बर्षको तुलनामा यो वर्ष कलंकी चोकको दृश्य फरक थियो । अघिल्लोपटक लकडाउनका बेला घर फर्कन लागेकाहरुप्रति कडा देखिने प्रहरी योपटक भने नरम देखिन्थे ।

शुक्रबार मात्रै ३०/४० जना भन्दा बढीलाई काठमाडौं बाहिर जाने खाली गाडीमा चढाएर पठाइदिएको एक प्रहरीले बताए ।
सर्वसाधारणहरु प्र’हरीलाई आफ्नो गन्तब्य बताउँदै सोही स्थानतिर जाने मालबाहक ट्रक रोक्न लगाइरहेका थिए । एक प्रहरीले रातोपाटीसँग भने, ‘धेरै दुःख पाउने सर्वसाधारणले नै हो ।

घर जान भनेर यहाँसम्म आइपुगेकालाई हामीले फर्काएका छैनौँ । मिलेसम्म उनीहरु पुग्ने ठाँउतिर जाने ट्रकको अगाडिको भागमा चढाएर नै पठाइरहेका छौँ । यता हामीले रोक्दा उनीहरुले दुःख पाउँछन् भने किन रोक्ने भनेर हो । अहिले समय नै त्यस्तै छ । ’रातोपाटि

भिडियो !

प्रतिकृया दिनुहोस्