२०७८ आश्विन १ शुक्रबार

डा. भीमार्जुन आचार्य भन्नुहुन्छ : यस्तो नैतिकता शून्य राजनीति र नेतृत्व हुनुभन्दा नभएकै बेस ।

काठमाडौं : संविधानविद् डा. भीमार्जुन आचार्यले समाज र मुलुकको पवित्रताका लागि कुनै पनि मूल्य नभएको वा नैतिकता शून्य राजनीति वा नेतृत्व हुनु भन्दा त्यस्तो

राजनीति अस्तित्व मै नहुनु बढि श्रेयस्कर हुने बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले मुलुकको राजनीतिप्रति ग’म्भीर बन्न र सरकारको अ’संवेदनशील रबैयाको साक्षी नबन्न आग्रह गर्दै आआफ्नो तरिकाले आवाज उठाउन आग्रह गरेका छन् ।

मुलुक नयाँ रोगबाट सं’क्रमित भएको अवस्थामा समेत मुलुकको राजनीतिक नेतृत्व संवेदनशील बन्न नसकेको डा. आचार्यको टिप्पणी छ । उनले फेसबुकमा लेखेका छन्, ‘मुलुक नयाँ रोगबाट स’ङ्क्रमित छ। गरीब, असहाय,राजनीतिक शक्तिमा पहुँच नभएका जनता अति आवश्यकीय स्वास्थ्य सेवा र अस्पतालको पहुँचबाट समेत ब’ञ्चित छन।

यस्तो भयावहको अवस्थामा जनताका पिर मर्काका बारेमा चिन्तित र संवे’दनशील हुनु त कता हो कता एउटा सभ्य समाज र राजनीतिमा कल्पना पनि गर्न नसकिने तरीकाले सत्ता जोगाउने र फाल्ने घृ’णित खेलहरू जारी छन।

लोक’तन्त्रमा सत्ता केवल वैध तौरतरिकाबाट मात्र प्राप्त हुन्छ। सञ्चालन पनि सोही अनुसार नै हुनु पर्दछ। र, यसको उद्देश्य पनि वैध नै हुनु पर्दछ । आफ्ना अनैतिक, अराज’नैतिक, अ’पवित्र एबम् अवैध स्वा’र्थको रक्षाका लागि जेसुकै र जस्तो सुकै ह’र्कतबाट सत्ता जोगाउने वा सत्ता फाल्ने छुट राज्य सञ्चालकलाई लो’कतन्त्रमा हुदैन ।

समाज र मुलुकको पवित्रताका लागि कुनै पनि मूल्य नभएको वा नैतिकता शून्य राजनीति वा नेतृत्व हुनु भन्दा त्यस्तो राजनीति अस्तित्व मै नहुनु बढी श्रेय’स्कर हुन्छ। यसबारेमा ग’म्भीर बनौँ । सरकारको असंवेदनशील रबैयाको साक्षी नबसौ। आआफ्नो तरीकाले आवाज उठाऔं । -कर्पोरेट नेपाल

२०७८ बैशाख १९, आईतवार १७:०३ गते 1 Minute 385 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार