बिहिबार , साउन २१, २०७८

महन्थ ठाकुर ओली सरकारका शक्तिशाली उपप्रधानमन्त्री बन्दै !

बैसाख १९, २०७८ आइतबार 166

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओली नेतृ’त्वको वर्तमान सरकार ढल्ने जो’खिम टरेको छ । महन्थ ठाकुर र राजेन्द्र महतोले दह्रो साथ दिने निष्क’र्षमा पुगेपछि सरकार ढल्ने जो’खिम टरेको हो ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा संगको निर’न्तर वा’र्ता र सम्बादले गर्दा जसपा ओलीको भरोसा गर्न थालेको छ । जसपाका मु’द्धाहरु सरकारले पुरा गर्न थाले पछि जसपा ओली प्रति विश्वास बढाएको छ ।

यही कारण जनता समाजवादी पार्टी प्रधानमन्त्री केपी शर्मा ओली नेतृ’त्वको सरकारमा सहभागी हुने स’म्भावना बढेको छ । ओली आफुले सकेसम्म जसपाका कार्य’कर्तालाई रिहा गर्न पक्षमा छन् जुन उनका लागि सरकार जोगाउने एकमात्र विकल्प हो ।

जसपा अध्यक्ष उपेन्द्र यादवलाई मनाउन सके सरकारमा जाने निश्चित हुनेछ । अध्यक्ष महन्थ ठाकुर सरकारमा सहभागी हुने पक्षमा छन् । जसपा सरकारमा गएमा ८ देखि १० वटा मन्त्रालय पाउने सम्भावना छ ।

उपसभामुख पनि जसपाले नै पाउने गरी सहमति बन्न सक्छ । जसपा सरकारमा सहभागी भएमा उपेन्द्र यादव या राजेन्द्र महतोको ने’तृत्वमा जाने सम्भावना छ । तर, यादव ओलीलाई साथ दिने पक्षमा छैनन् ।

जसपाबाट महन्थ र महतोलाई उपप्रधानमन्त्रीसहित मह’त्वपूर्ण मन्त्रालयको प्रस्ताव पुगिसकेको छ । मन्त्री बन्ने सम्भा’वितमा राजेन्द्र श्रेष्ठ, महेन्द्र राय, शरदसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, मोहम्मद इस्ति’याक

राइ, उमा’शंकर अगरिया, प्रदीप यादव, रेणु यादवलगायत छन् । रेणु यादवलाई उपसभामुख बनाउने सहमति पनि बनाउन खोजिएको छ । प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा ल्याउन प्याकेजमै सम्झौ’ता गर्ने गृहकार्य बढाएका छन् । उनले अध्यक्ष महन्थ ठाकुरसँग पटक पटक भेटवार्ता गरिसकेका छन् । – अन्लाईन मार्ग

प्रतिकृया दिनुहोस्