२०७८ आश्विन ५ मंगलवार

बधाई ! ३४ वर्षकी उपासना बनिन् बीमा क्षेत्रको प्र’थम महिला प्रमुख कार्यकारी अ’धि’कृत ।

यु’नाइटेड इ’न्स्योरेन्स कम्पनी (नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागी उपासना पौडेललाई नियुक्त गरिएको छ ।

योसँगै पौडेल बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अ’धिकृत बनेकी छिन् । ३४ वर्षकी पौडेल हालसम्मकै कम उमेरमा पदमा बहाल हुन सफल भएकी छन् ।

पौडेलको यस क्षेत्रमा एक द’शकभन्दा बढी कार्यानुभव रहेको छ । छिमेकी मुलुक भारतको श्री दिल्ली विश्वविद्यालयबाट एम.बि.ए सम्मको अ’ध्ययन पुरा गरेकी उनले भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन् ।

उनी यसअघि यु’नाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. मा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् ।

‘उहाँको कार्य सम्पादन प्रति सन्तुष्ट कम्पनीले उहाँलाई प्रमुख कार्यकारी अ’धिकृत पदमा नि’युक्त गरेको हो,’ कम्पनीले जनाएको छ ।

२०७८ बैशाख १९, आईतवार १७:२४ गते 0 Minutes 430 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार