२०७८ कार्तिक ९ मंगलवार

मन्त्री दिपक मनाङे भन्नुहुन्छ : म नेताहरूलाई सिकाउन चाहन्छु– मन्त्री भनेको पैसा कमाउन होइन, देशलाई योगदान गर्न बन्ने होे ।

कास्की : गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पद संकटमा परेपछि कोही सांसद आइ’सियूमा भर्ना हुनुभयो, कोही मन्त्री हुनुभयो, राजनीति अनौठो रहेछ है ? मेरा लागि यो ‘च्यालेन्ज’ हो, म सधैँ ‘च्या’लेन्ज एसेप्ट’ गर्ने मान्छे हो ।

तपाईंले एउटा कुरा के लेख्नोस् भने मलाई एमालेको ऋण थियो, अहिले चुक्ता गरेँ। मान्छेहरूले एउटा कुरा के बुझेको छैन भने मनाङमा मेरो सहयोगमा एमालेले जि’तेको हो, एमालेको सहयोगमा मैले जितेको हो । हामी दुई टिम मिलेर मनाङमा चुुना’व जितेको हो ।

त्यसमा पनि अहिलेको मुख्यमन्त्रीजीले मलाई जिताउन सहयोग गर्नुभयो । उहाँका लागि मैले केही त गर्नैप’थ्र्यो । मन्त्री भएर सहयोग गरेँ । कांग्रेसको सरकारमा गएको भए दुई वर्ष मन्त्री हुन्थेँ है, यो सरकारमा सायद १० दिन म हुँदिन होला । तर, मेरा लागि त्यो ठूलो कुरा होइन । मलाई कामसँग मतलब छ ।

एक–दुई सातामै म यस्तो काम गरेर जान्छु कि पछि आउने मन्त्रीहरूले त्यसलाई निरन्तरता दिनैपर्छ । म नेताहरूलाई सिकाउन चाहन्छु– मन्त्री भनेको पैसा कमाउन बन्ने होइन, देशलाई योगदान गर्न बन्न होे ।

मुख्यमन्त्रीको पद संक’टमा नपरेको भए सायद तपाईंले मन्त्री बन्ने अवसर पाउनुहुन्न थियो होला है ?
आज उहाँ समस्यामा हुँदा मैले पनि सहयोग गर्नुप’र्यो । किनकि उहाँसँग मिलेर म चुनावमा गएको थिएँ ।
खेलकुदमन्त्रीचाहिँ तपाईंले रोज्नुभएको कि मुख्यमन्त्रीले प्रस्ताव गर्नुभएको ?

माओवादीले सरकार छाडेपछि दुई मन्त्रालय खाली थिए । अहिले पनि मुख्यमन्त्रीले तीनवटा मन्त्रालय चलाइरहनुभएको छ । दाइ मन्त्रालय बाँडफाँ’ड गर्नुपर्छ, एकैजनाले धेरै मन्त्रालय राख्नुहुँदैन भनेको हुँ । उहाँले मन्त्री बनाउनुभयो । मेरो त्यस्तो कुनै लोभ पनि छैन । खानलाई पुगेको छ । हाइप्रो’फाइल लाइफस्टा’इल पनि छैन, नर्मल मान्छे हुँ ।

एक समय अन्त’र्वार्तामा भन्नुहुन्थ्यो नि, म डन होइन, यो देशको सबैभन्दा ठूलो ड’न त प्रधानमन्त्री हो भनेर, अहिले आफैँ राजनीतिमा आएपछि आफ्नो भनाइ आफैँलाई कस्तो लाग्यो ?

त्यो पहिलाको प्रसंगमा भनेको हुँ । अहिलेको प्राइम’मिनिस्टरले केही राम्रो पनि गरेको छ, केही नराम्रो पनि गरेको छ । सबै गुण भगवा’न्सँग त हुँदैन, प्रधानमन्त्रीसँग कहाँ हुन्छ ?
तपाईं गुन्डागर्दीको आरो’पमा पटकपटक प’क्राउ पर्नुभएको हो, अहिले मन्त्री हुनुभएकोमा धेरैले आश्चर्य व्यक्त गरेका छन्, सामाजिक सञ्जालमा अनेक टिप्प’णी भइरहेका छन्, मान्छेले अनौठो मानेका छन् नि ।

हरेक मान्छेको राम्रो र नराम्रो पक्ष हुन्छ । राव’णलाई आजसम्म पनि भगवान् मान्ने मान्छे छन् नि । श्रीलंकामा रावणलाई भगवान् मान्छन्, भारतमा राक्षस मानिन्छ । मलाई पनि कसैले डन भन्छ, कसैले नेता भन्छन्, व्यापारी भन्छन् । मलाई कसैले आलो’चना गर्छ भने उसको ‘प्रब्ल’म’ हो, मेरो होइन । गाली गर्नेलाई गाली गर्न दिनोस् । आधाले पूजा गर्छ, आधाले गाली गर्छ । यसले मलाई केही फरक पर्दैन ।

तर, तपाईंलाई हिजो जुन प्र’हरीले गु’न्डा भनेर १३ पटकसम्म पक्राउ ग¥यो, ज्यान मुद्दाको अभियुक्त भनेर तस्बिर पनि सार्वजनिक ग¥यो, आज त्यही प्रहरीले सलाम सुरु गरिसक्यो । तपाईंका लागि त यो त ठूलै फ’ड्को हो, होइन र ?

बिचरा उनीहरूको आफ्नो ‘ड्युटी’ हो । हाम्रो देशमा पुलिसले आफ्नो ‘ड्युटी’ एकदमै राम्रोसँग गरेको छ, यो तपाईं मान्नोस् । भारतमा पुलिस र नेता मिल्छ भन्छन्, नेपालमा त्यस्तो हुँदोरहेनछ । नेपालको पुलि’सले मैले केही गल्ती गरेँ भने भोलि पनि समातेर लाग्छ, मलाई जेल पनि हालिदिन्छ, आज म यो पोजिसनमा छु, स्यालुट गर्यो । भोलि मैले गलत गरेँ भने मलाई जे’लमा हाल्ने हो ।

त्यसो भए तपाईंले हिजोको दिनमा प’क्राउ पर्ने काम गरेकै हो, अवैध काम गरेकै हो ?

होइन, म भन्छु– पु’लिस पहिला त्यति राम्रो थिएन । मलाई दुःख दिएकै हो । अरू देशमा भए पु”लिसवि’रुद्ध नै मु’द्दा हाल्न पाइन्थ्यो, हाम्रो देशमा पाइँदैन । डाक्टरले मान्छे मार्दा त हाम्रो देशमा क्ष’तिपू’र्ति पाइँदैन, प्रहरीवि’रुद्ध कहाँ पाउनु ? ३० वर्षअघि कस्तो थियो भने नेविसंघको झ’न्डा बोकेर पुलिसमा जागिर खान्थे मान्छेले ।

नेविसंघको केटा इन्स्पेक्टर भएपछि उसले कांग्रेसलाई राम्रो गर्नैप¥यो नि, होइन र ? परीक्षा नदिई पुलिसमा भर्ना भएर एआइजीसम्म भएको मान्छे चिनेको छु, तर अहिले त्यस्तो छैन । अहिले केटाहरू पढेर आएका छन् । अहिले राम्रा–राम्रा पुलिस अफिसर छन् । गल्ती गर्नेलाई छाड्दै–छाड्दैन । पुलिसमा धेरै ‘चेन्ज’ भएको छ ।

जे होस् अब मन्त्री हुनुभयो, तपाईं स्वतन्त्र सांसद, अब त एमालेको मन्त्री हुनुभयो कि स्वतन्त्र नै हो ?

मैले जिन्दगीमा गल’त कुरामा आमाबुबाले भनेको त मानिनँ भने पार्टीले भनेको पनि मान्दिनँ । त्यसैले कहिल्यै पार्टीमा बस्दिनँ । एमालेमा पनि लाग्दिनँ । अब मेरो एउटा लक्ष्य छ, फेरि एकपटक स्व’तन्त्र रूपमा प्रदेशमै चुनाव लड्छु । अन्तिमपटक पाँच वर्षका लागि सांसद बन्छु । किनकि मेरो धेरै योजना पूरा भएको छैन । केही राम्रा काम गर्ने योजना छन् ।

खेलकुदमन्त्री बन्नुभयो, कसरी काम गर्ने भनेर योजना पनि बनाउँदै हुनुहुन्छ होला ।

धन्यवाद । मन्त्री भएपछि मैले योजना बनाइसकेको छु । खेलकुदलाई युवाको स्वरोजगारको हिसाबले पनि हेरेको छु । खेलाडीले परिवारलाई पाल्न सक्ने कि नसक्ने भन्ने ठूलो प्रश्न हो । खेलबाट स’न्न्यासपछि के गर्ने भन्ने चि’न्ता हुन्छ । यसका लागि मैले एउटा स्किम बनाएको छु । वन र कृषि मन्त्रालयसँग मिलेर त्यो छिट्टै सार्वजनिक हुन्छ ।

हाम्रो मनाङमा त खेलकुदमा खासै मान्छे छैन । मनाङको मान्छे तास मात्र खेल्ने हो, अरू केही खेल्दा पनि खेल्दैन । तर, गण्डकीका अन्य १० वटा जिल्लाका लागि दुई–चार हजार रोपनी सरकारी जग्गामा बृहत् कृषि आयोजना चलाउने हो । अवकाश पाएका खेलाडीलाई ठूला कृषि उद्योगमा लगाउने मेरो योजना छ । त्यसमा मलाई सबैको साथ चाहिन्छ ।

२०७८ बैशाख २०, सोमबार १०:३२ गते 1 Minute 1149 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार