२०७८ कार्तिक ८ सोमबार

वैशाख २३ गतेदेखि वैदेशिक रोजगारी ठप्प !

काठमाडौं : सरकारले वैशाख २३ गतेदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नेपाल र

भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द गर्ने निर्णय गरेको हो । कोरोना रोकथा’मका लागि भन्दै सरकारले वैशाख २० गते (आज) राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बन्द गरिएको छ ।

यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म बन्द हुने गरी स्थगित भएको हो । सरकारको आक’ष्मिक निर्णयले टिकट लिएर वैदेशिक रोजगारीमा जान ठिक्क परेका तथा स्वदेश फर्किन लागेकाहरु समस्यामा पर्ने वैदेशिक रोजगार व्यवसायीले बताएका छन् ।

थप समाचार,

गल्ली र टोल–टोलमा सुरक्षाकर्मीलाई खटाउने प्रधानमन्त्रीको घोषणा !

काठमाण्डाै : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरो’ना भा’इरसकाे सङ्क्र’मण निय’न्त्रणका लागि सुरक्षाकर्मीको व्यापक परिचालन गरिने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चौबीसै घण्टा गल्ली र टोल–टोलमा सुरक्षाक’र्मी खटाइने बताउनुभयो ।

‘जनस्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाक’र्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ठाउँमा परिचालन गरी चौबीसै घण्टा अनुगमन र निगरानी गरिनेछ । मापद’ण्डको उल्लङ्घन गर्नेलाई कानुन’बमोजिम दण्डित गरिनेछ’, ओलीले भन्नुभएको छ ।

जनस्वास्थ्यका मापद’ण्ड पालनाको ने’तृत्व गृह मन्त्रालयले र जनचेतनाको नेतृत्व सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गर्ने तथा परी’क्षण, उपचार तथा अन्य विषय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले र खोप आयातको नेतृ’त्व परराष्ट्र मन्त्रालयले गर्ने पनि ओलीले जानकारी दिनुभयो ।

२०७८ बैशाख २०, सोमबार १८:३५ गते 1 Minute 507 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार