शनिबार , जेठ २९, २०७८

हिँउदे खडेरीका कारण गहुँ उत्पादनमा कमी ।

बैसाख २०, २०७८ सोमबार 167

काठमाडौँ : लामो समयदेखिको खडेरीका कारण जिल्लाका विभिन्न ठाउँमा लगाइएको हिँउदेबालीको उत्पादनमा क्मी आएको छ ।

जिल्लाको सेती, कालङ्गा, बहुलीगाड, सुनिगाडलगायतका नदी र खोलाको तटमा रहेका र सिँचाइको सुविधा भएका सीमित क्षेत्र आकासेपानीको भरमा खेती गरिने सबै ठाउ“को उत्पादनमा क्मी आएको छ ।

लामो समयसम्म परेको खडेरीका कारण गहु“, जौ, उवा, केराउ, मसुरोलगायतका हिउँदेबालीको उत्पादनमा क्मी आउँदा जिल्लामा चरम खाद्य सङ्क’ट हुने देखिएको छ । यस वर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउ“देबाली सुकेर

नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको जयपृथ्वी नगरपालिका­१ का किसान अमृत शाहीले बताउनुभयो ।

“हिँउदभरि पानी नपर्दा लगाएको बाली सुक्यो । सिँचाइ हुने ठाउँमा अलिअलि उम्रेको थियो त्यो पनि असिनाले चु’टेर सखापै बनायो । एकातिर खडे’रीले सुकायो अर्कातिर असिनाले न’ष्ट भयो’’, उहाँ भन्नुहुन्छ ।

यस वर्ष आउनसक्ने खाद्य सङ्कटबाट भोकमरी हुन नदिन खडेरी पिडित किसानलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने सुदुरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बलबहादुर रोकायाले बताउनुभयो ।

प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागि तत्काल राहतस्वरुप खाद्यान्न वितरण गर्नुपर्ने र वर्षे बालीका लागि बिउ तथा मल निःशुल्क उपलब्ध गराउनु पर्नेमा उहाँ जोड दिनुहुन्छ । आकासेपानीको भरमा खेती हुने क्षेत्रमा ९० प्रतिशत उत्पादन घटे’को किसानहरु बताउँछन् ।

ख’डेरीका कारण जिल्लाभरि १५ हजार बढी हेक्टरमा गहु“, जौ, के’राउ, मसुरोलगायतका हिँउदेबाली लगाएकामा छ हजार २०० हेक्टरमा उत्पादन शून्य रहेको र असिनाले नौ हजार ३३६ मेट्रिक टन हिउ“दे बाली पू’र्णरुपमा न’ष्ट भएको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताउनुभयो ।

जिल्लामा कूल खेतीयोग्य जमिनको ३५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा छ । सिँचाइ नभएको ठाउ“मा लगाएको बाली सुकेर पूरै नष्ट भएको छ । जिल्लामा वार्षिक सरदर ३२ हजार मेट्रिक टन अन्न उत्पादन हुने गरेको छ । यहाँको जनसंख्याको अनुपातमा सात हजार मेट्रि’क टन अपुग हुने गर्दछ ।

खडेरीका कारण जिल्लाको कुल जनसङ्ख्याको ४५ प्रतिशत जनसङ्ख्या भो’कम’रीको चपे’टामा पर्ने देखिन्छ भने १४ हजार घरधुरीलाई चरम खाद्य स’ङ्क’ट हुने विष्टले बताउनुभयो । यसपालि ख’डेरीले उत्पादनमा क्मी आउँदा १३ हजार मेट्रिक टन खाद्यान्न अभा’व हुने केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस्