२०७८ आश्विन २ शनिबार

साढे दुई रुपैयाँको मास्कलाई १० रुपैयाँ !

काठमाडौँ : को’भिडको मौका छोपी सर्जिbकल सामग्री बिक्री गर्ने व्यवसायीहरूले मास्कमा अनुचित मूल्य लिएपछि सरकारले कार’बाही थालेको छ ।

अनुगमनका क्रममा कम्पनीहरूले प्रतिपिस मास्क २ रुपैयाँ ४ पैसामा होलसेललाई बिक्री गरेको पाइएको छ । तर सोही मास्क सर्वसाधारणले प्रतिपिस १० रुपैयाँभन्दा बढीमा किन्नुपरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ ।

‘स|र्जिकल सामानमा अनुगमन गर्दा उत्पादक र खु’द्रामा मूल्यमा धेरै अन्तर देखियो,’ विभागका प्रवक्ता शिवराज सेढार्इंले भने, ‘बढी मूल्य लिई उपभोक्ता ठगी गरिरहेका सर्जि’कल हाउस/स्टोरलाई कारबाही गरिरहेका छौं ।’

अबको अनु’सन्धान थोक र खुद्रा विक्रेताको तहमा हुने उनले जानकारी दिए । विभागले शुक्रबार ज्ञानेश्वरस्थित अनुज स्टोर, यू एन्ड बी स्टोर तथा आरएन स्टोरलाई ५ हजारका दरले जरिवाना गरेको थियो ।

तीनवटै स्टोरको बिल पारदर्शी थिएन । खरिद र बिक्री बिल देखाउन नसकेपछि तीनै स्टोरलाई ५ हजार रुपैयाँका दरले कारबाही गरिएको सेढाईंले बताए । ‘खरिद बिक्री बिल देखाउन नक्सनु भनेको अपार’दर्शिता हो । यसले मूल्यमा धेरै असर पार्छ,’ उनले भने ।

ती स्टोरलाई उपभोक्ता संर’क्षण ऐन, २०७५ को दफा १५ बमोजिम बिल’बीजक जारी नगरी ऐनको दफा ३८ (घ) अनुसारको कसुर गरेको हुनाले ऐन दफा ३९ (१) (क) बमोजिम प्रत्येक फर्मलाई ५ हजारका दरले जरि’वाना गरिएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

२०७८ बैशाख २०, सोमबार २३:१४ गते 1 Minute 425 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार