आइतबार , साउन १०, २०७८

वैशाख २१ गते आउने आइपिओमा ४०० कित्तासम्म आवेदन दिन पाइने ।

बैसाख २०, २०७८ सोमबार 259

काठमाडौ : वैशाख २१ गतेदेखि मध्य भोटेकोशी जलविद्युत् कम्पनीले आयोजना प्रभा’वित स्थानियका लागि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभाबवित स्थानीयतका लागि कुल ६० लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।

कुल कित्ता मध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५ , बाहृ’विसे नगरपालीका वडा नं. ५ र ६ (साविक गाती गाविस ) तथा बाहृविसे नगरपालीका वडा नं. ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्वरा गाविस)

का वासिन्दाका लागि ३० प्रतिशत दरको १८ लाख कित्ता र माथि उल्लेखित स्थानिय बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ७० प्रतिशतका दरले ४२ लाख कित्ता शेयर जारी गर्न लागेको हो । स्थानिय वासिन्दाका लागि छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म यो शेयर विक्रीमा रहनेछ ।

शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम ४०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

एनसेलकाे आईपीओ बारे सूचना : एनसेलले पनि सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने भएका छ । मोबाइल सेवाप्रदायक कम्पनी एनसेल गत महिनाको तेस्रो साता एनसेल पब्लिक कम्पनीमा गएको जनाएको थियो ।

कम्पनी ऐन २०६३ को दफा १२ ले रु.५ करोडभन्दा बढी चुक्ता पूँ’जी भएको दू’रसञ्चार सेवा प्रदायक कम्पनी पब्लिक लिमिटेड कम्पनीका रुपमा दर्ता हुनपर्ने व्यवस्था गरेबमोजिम एनसेल पब्लिक लिमिटेड बनेको हो। एनसेलको चुक्ता पूँजी रु. १० करोड छ।त्यस्तै विगत केहि बर्षदेखि आईपीओ नि’ष्काशन गर्ने चर्चा चलेपनि एनसेलको पुँ’जीगत लाभकर वि’वादका कारण कुनैपनि कार्य अघि बढाउन सकेको थिएन् ।

एनसेलले लाभकर विवाद टुङ्ग्याएपछि पब्लिक कम्पनीमा गएको थियो । एनसेलले गएको आर्थिक वर्ष २०७६/७७ मा रु. ३३ अर्ब ९५ करोड आयकर तिरेको छ। यसमा एनसेलको स्वामित्व खरीद-बिक्री हुँदाको करीब रु. २२ अर्ब आयकर पनि जोडिएको छ। यो रकम घटाउँदा पनि एनसेलले गएको वर्षको नाफाबाट झण्डै रु. १२ अर्ब आयकर सरकारलाई बुझाएको छ।

त्यसैगरी १० करोड चु’क्तापूँ’जी रहेको एनसेलले शेयर जारी गर्ने प्रक्रियामा अगाडी बढिसकेको बताएको छ । एनसेलले शेयर निष्का’शनको बिषयमा धि’तोपत्र बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय गरिरहे एनसेलका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार ‘के-कति शेयर निष्काशन गर्ने भन्ने बिषय छलफलकै क्रममा रहेकाले खुलाउन मिल्दैन’ । – नागरिक पत्र

प्रतिकृया दिनुहोस्