मंगलबार , साउन १९, २०७८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट डेढ किलो सुन समातियो ।

बैसाख २१, २०७८ मंगलबार 348

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो अवैध सुनसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक छन् ।

स्पीकरको पंखामा लुकाएर सुन ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमले बताए । खड्का र खनाल एयर अरेविया, तामाङद्वय हिमालय र विक नेपाल एयरलाइन्समार्फत नेपाल आएका गौतमले बताए ।

अपराध महाशाखा र भन्सारको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार उनीहरु सुन तस्करीमा प्रयोग भएका भरिया हुन् ।

थप समाचार,

नेपालको टी–ट्वान्टी वरियतामा एक स्थान सुधार !

काठमाडौं : नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी–ट्वान्टीको वरियतामा एक स्थान सुधार गरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल टी–ट्वान्टीतर्फ १३औं स्थानमा आएको हो ।

यसअघि नेपाल १४ औं स्थानमा रहेको थियो । अघिल्लो साता नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिदेवसीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगिता जितेपछि नेपालको वरियता १४ बाट १३ औं स्थानमा आएको हो ।

त्यसोत, नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरियता ११ औं स्थान हो । टी–ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेका छन् । त्यस्तै, चौंथोमा पाकिस्तान र पाँचौंमा अष्ट्रेलिया रहेको छ ।

प्रतिकृया दिनुहोस्