२०७८ आश्विन १३ बुधबार

निषेधाज्ञामा कडाइ : घरबाट निस्कन नपाइने, ठेलागाडामा ब्यापार गर्न बन्द !

काठमाडौं : उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले आगामी बैशाख २९ गतेसम्मका लागि थप निषे’धाज्ञा लम्ब्याउने निर्णय गरेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले २ घन्टासम्ममात्र पसल खोलन पाउने निर्णय गरेको छ । उपत्यकामा किराना, तरकारी तथा फलफूल लगायतका अत्यावश्यकीय पसल

बिहान ७ देखि ९ बजेसम्म मात्रै खोल्न पाइने भएको छ।
यसअघि साँझ ५ बजेदेखि ७ बजेसम्म पनि पसल खोल्न दिने गरिएको थियो भने बिहान ५ देखि १० बजेसम्मका लागि पसल खोल्न दिइएको थियो ।

यसअघि नागरिकलाई हिँडडुल गर्न त्यति कडाइ नगरिएको भए पनि अब अत्या’वश्यकबाहेक घर बाहिर निस्कन रोक गरिएको छ।

बैंक तथा वित्तीय क्षेत्रका हकमा २५ प्रतिशत मात्र शाखा कार्यालयहरुलाई खुला गर्न दिइने र केन्द्रीय कार्यालयहरुले २० प्रतिशत कर्मचारी सञ्चालन गरी सेवा दिन सक्ने निर्णय गरिएको छ

अत्यावश्यक सवारीमा अनिर्वाय पासको व्यवस्था गरिएको र पास नभएका सवारीलाई गुड्न नदिने निर्णय भएको छ ।
यस्तै, सरकारी कार्यालयमा ४० प्रतिशत कर्मचारी राखेर मात्रै सञ्चालन गर्न भनिएको।

सञ्चारकर्मीलाई सूचना तथा प्रसारण विभागको परिचय पत्र अनिवार्य गरिएको छ। फुटपाथ, खुला ठाउँ, साइकल र ठेलागाडामा सञ्चालित व्यवसायसमेत ब’न्द गराउने निर्णय भएको छ ।

यसअघि काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञाको समय भोलि राति १२ बजेसम्मका लागि तोकिएको छ । त्यसको पूर्वस’न्ध्यामा बैठक बसेर निषे’धाज्ञाको समय लम्ब्याउने निर्णय गरिएको छ ।

२०७८ बैशाख २१, मंगलवार १८:५२ गते 1 Minute 509 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार