२०७८ आश्विन २ शनिबार

नेपाल-भारत हवाई उडान हुने !

काठमाडाैं : को-भिड–१९ महामा’री नियन्त्र’णका लागि सरकारले गए रातिदेखि मुलुकको आ’न्तरिक उडान स्थगन गरेको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते रातिदेखि स्थगित गरिनेछ ।

यद्यपि नेपाल र भारतबीच हवाई उडान हुनेछ । दुई देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्रा’धिकरण (क्यान) ले जनाएको छ ।

मन्त्रिपरिषद्को गत आइतबार भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान वैशाख मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो । यस अवधिमा चार्ट’र्ड तथा उद्धा’र उडान सञ्चालन हुने क्यानले जनाएको छ ।

क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले आवश्यकताका आधारमा अनुमति लिएर आन्तरिक तथा अन्त’र्राष्ट्रिय दुवैमा चार्टर्ड तथा उद्धार उडान हुने बताउनुभयो ।

भारत र नेपालबीच एयर बबल प्रणालीअनुसार सातामा बढीमा दुई उडान हुनेछन् । भारतबाट नेपाल आउने यात्रुले १० दिन क्वा’रेन्टिनमा बस्नु पर्नेछ । मन्त्रिप’रिषद्ले हवाई उडानसम्बन्धी पाँच बुँदे निर्णय गरेको छ । स्वास्थ्य मापद’ण्डको पूर्ण पालना गरी संस्कृ’ति, पर्यटन तथा नागरिक उ’ड्डयन मन्त्रालयले

सुचीकृत गरेका होटलमा १० दिन अनिवार्य क्वा’रेन्टिनमा बस्ने गरी नेपाल भारतबीच कायम एयर बबल सुविधाअन्तर्गतका दुईतर्फी उडानहरु साताको दुईवटामा सीमित गर्ने निर्णय भएको छ । पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र नेपाल प्र’हरीको संयुक्त टोलीले होटेल क्वा’रेन्टिनमा बसे नबसेको दैनिक अनुगमन गरी

को-भिड–१९ सङ्क’ट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन पेश गर्नुपर्नेछ । होटेल क्वा’रेन्टिनमा बस्नुपर्ने यात्रुले स्वास्थ्य मापद’ण्ड पालना नगरेको र क्वा’रेन्टिनमा नबसेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम मुकर्रर अधिकारीसमक्ष कार’वाहीका लागि लेखिपठाउने मन्त्रिपरिषद्को निर्णय छ ।

त्यस्तै कुनै पनि उडानमा पिसिआर पो’जिटिभ भएका यात्रुलाई बोर्डिङ पास दिई यात्रा गराएमा उडानका सबै यात्रुको क्वारे’न्टिन खर्च सम्बन्धित एय’रलाइन्सले बेहोर्ने व्यवस्था गरिनेछ । आन्तरिक र अन्त’र्राष्ट्रिय चार्टर्ड तथा उ’द्धार उडानका हकमा स्वास्थ्य सुरक्षा मापद’ण्डको पूर्ण पालना हुने गरी

पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ । चा’र्टर्ड र उ’द्धार अन्तर्राष्ट्रिय उडानबाट आउने-जाने यात्रु’हरुको बारकोड र फो’टोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । कोभिड महामारीको जोखिम नियन्त्रणका लागि सरकारले यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्य’कासहित देशका विभिन्न जिल्लामा नि’षेधाज्ञा लागू गरेको छ ।

२०७८ बैशाख २१, मंगलवार २०:४५ गते 1 Minute 530 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार