२०७८ कार्तिक ९ मंगलवार

देउवाको प्रश्न – एमसीसी पारित् हुदैमा अमेरिकी सेना आउन दिउँला त म आफैँले ? यस्ता झुठा प्रचार गर्ने ?

काठमाडौ : सभापति शेरबहादुर देउवाले एमसिसीबारे भ्रम फैलाइएको बताएका छन्। बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसिसीको प्रक्रिया अगाडि बढेको र आफ्नो

नेतृत्वमा रहेको सरकारले मन्त्रिपरिषदबाट पास मात्रै गरेको उल्लेख गर्दै देउवाले एमसिसी ठूलो अनुदान भएको बताए।
एमसिसीबारे भ्रम फैलाइएकोमा उनले अस’न्तुष्टि पोखेका छन्।
‘बाबुराम भट्टराई र सुशील कोइरालाको पालादेखि यो एमसिसी सुरू भएको हो।

मेरो बेलामा मात्रै आएको होइन। मेरो बेलामा यत्ति भएको हो- क्याबिनेट डिसिजन गरेर मन्त्रीजीलाई पठाएको हो अमेरिकामा,’ आज पत्रकार सम्मेलन गर्दै देउवाले भने, ‘यो ठूलो अ’नुदान हो, ब्याज ति’र्नु पर्ने पनि छैन। यो केबल अनुदान हो।’

‘यो सित्तैमा दिएको अनुदान हो, ब्याज ति’र्नु पनि पर्दैन। तर हरेक भ्रम फैलाइएको छ। अमेरिकी सेना आउँछ भनेर, कसले आउन दिन्छ नेपालमा अमेरिकी सेना?,’

देउवाले प्रश्न गरे, ‘अमेरिकी सेना आउन दिउँला त म आफैँले? यस्ता झु’ठा प्रचार गर्ने?’ एमसिसी पारित गर्ने सन्द’र्भमा अहिले कुनै छलफल नभएको उनले बताए। साथै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि एमसिसी पारित गर्न सहयोग गर्ने भनेको देउवा बताउँछन्।

थप समाचार,
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको अ’विश्वास प्रस्तावको विरु’द्धमा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसको गठब’न्धनलाई समर्थन गरेका धर्मबहादुरलाल श्रीवास्तवलाई मन्त्री बनाइएको छ ।

मुख्यमन्त्री पोखरेलले सोमबार फि’र्ता ल्याएर मंगलबार श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्री हुन्।
मंगलबार उनीसँगै थप दुई जनालाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका छन् । रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अर्घाखाँचीका चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्री बनाइएको छ ।

आइतबार मुख्यमन्त्रीको सपथ ग्र’हण गरेसँगै चार जना मन्त्री थप गरेका मुख्यमन्त्री पोखरेलले सोमबार दुई जना र मंगलबार तीन जना मन्त्री थप गरी १० जनाको मन्त्रीमण्डल बनाएका छन्। अ’विश्वास प्र’स्तावमा समर्थन गरेपछि स्वास्थ्य तथा

जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले थर्काएपछि २४ घण्टा नबित्दै मन्त्री बनेका श्रीवास्तवसँगै अजय शाही युटर्न भएका थिए । सांसद शाही र श्रीवास्तवले आइतबार एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री शंकर पोखरेललाई सम’र्थन नगर्ने निर्णय गरेका थिए।

तर, केन्द्रबाट आफ्नै मन्त्रीले थ’र्काएपछि २४ घण्टा बित्न नपाउँदै पोखरेललाई नै समर्थन गर्ने निर्णयमा पुग्न बाध्य भएका थिए । मुख्यमन्त्रीलाई समर्थन गर्न नै असमर्थ भएका श्रीवास्वतलाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएर खुसी बनाएका छन्।

२०७८ बैशाख २२, बुधबार ००:४५ गते 1 Minute 798 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार