२०७८ कार्तिक ९ मंगलवार

चीनबाट २० हजार अक्सिजन सिलिन्डर आउँदै ।

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । को-भिड–१९ का बि’रामीको उपचारमा अक्सि’जन सिलिन्डरको अ’भाव हुन

नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिनुभयो ।
उहाँले मुलुकमा अ’क्सिजनको अ’भाव नभए पनि सिलिन्डर

नहुँदा समस्या परेको बताउनुभयो । “हामीसँग अ’क्सिजन ग्यासको कमी छैन”, उहाँले भन्नुभयो, “तर सिलिन्डर नहुँदा बि’रामीका लागि अक्सि’जन पु¥याउन कठिन भएको हो ।”
मन्त्रालयले प्रा’णवायु ९अक्सिजन०को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ ।

मन्त्रालयले अस्पताल र सर्वसाधारणलाई खाली सिलिन्डर मौज्दात होल्ड नराख्न अनु’रोध गरेको छ । नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सि’जन प्लान्ट जडान गरिएका छन् ।

ती अस्पतालबाट दैनिक दुई हजार ५४९ सिलिन्डर भर्नसक्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ । केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ ।
अस्पतालसँग छ हजारभन्दा बढी र अ’क्सिजन बिक्रेताले दैनिक आठ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ ।

यता : नेपालको हिमाली जिल्ला मुगुमा दिन प्रति दिन कोरो’ना संक्र’मितको संख्या बढेसँगै भोलि (बुधबार) राति १२ बजेदेखि निषेधाज्ञा गरिने भएको छ । जिल्ला को’भिड सं’कट ब्यवस्थापन समितिको मंगलबार बसेको बैठकले २२ गते बुधबार राति १२ बजेदेखि लागू हुने गरि बैशाख ३१ गतेसम्मका लागि निषेधा’ज्ञा जारी गर्ने निर्णय पारित गरेको हो ।

विशेषगरी मुगु जिल्लामा दैनिक कोरो’ना संक्र’मितको संख्या बढेको र छिमेकी जिल्लाहरुमा पनि नि’षेधाज्ञा गरिएको हुनाले मुगुमा पनि निषे’धाज्ञा गरिएको हो । निषे’धाज्ञा अव’धिभर शान्ति सुरक्षा स्वास्थ्य, विद्युत सूचना तथा सञ्चार खानेपानी, ग्यास, पेट्रोल, तरकारी, खाद्यान्न, औ’षधीलगायत अत्यावश्यक सेवाहरु मात्र सञ्चालन गर्न पाइने बैठकले निर्णय गरेको छ ।

दैनिक उपभोग्य बस्तु खाद्यान्न, तरकारी पसल, फलफुल, ग्यास पसलहरु बिहान ९ बजे देखि १२ सम्म मात्र खोल्न पाइने बैठकले निर्णय गरेको छ ।

त्यस्तै, एम्बुलेन्स, दमकल, श’वबाहन, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरुको हकमा सम्बन्धित कार्यालय प्रमुखले आलोपाले मिलाएर एक चौथाई कर्म’चारी उपस्थित गराएर सन्चालन गर्ने भनिएको छ ।

अनिवार्य रुपमा मास्क सेनिटाइजर प्रयोग गरेर कारोबार सञ्चालन गर्ने गरी नि’र्णय गरिएको जिल्ला को-भिड–१९ संकट व्यवस्थापन केन्द्रका अध्क्षय तथा प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर सिवाकोटीले बताएका छन् । हाल मुगुमा १८ जना को’रोना संक्र’मित रहेका छन् ।

२०७८ बैशाख २२, बुधबार ०२:४८ गते 1 Minute 324 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार