आइतबार , साउन १०, २०७८

युएईले विदेशी नागरिकलाई पनि नागरिकता दिने !

बैसाख २२, २०७८ बुधबार 443

यूएई : संयुक्त अरब इमिरेट्स (यूएई) ले देश विकासका लागि काम गर्न सक्ने विदेशी नागरिकलाई नागरिकता दिने निर्णय गरेको छ।

युएईका उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मक्तुमले यूएईलाई अझ राम्रो बनाउन सक्ने लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकारजस्ता क्षमतावान् ‘होनाहार’ व्यक्तिलाई नागरिकता दिन लागिएको बताउएका हुन्।

यस्ता व्यक्ति र उनीहरूका परिवारले पनि दोहोरो नागरिकता राख्न पाउने उनले बताएको अबुधाबीबाट निस्कने अबबार द नेशनलले जनाएको छ। उपराष्ट्रपतिको यस घोषणाले कम आय भएका व्यक्तिले यो प्रावधानमार्फत नागरिकता पाउन कठिन हुनेछ।

यूएईको विकासको यात्रामा योगदान गर्न सक्ने व्यक्तिलाई आकर्षित गर्न यस्तो प्रावधान ल्याएको उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मक्तुमले बताएका छन्।

युएईको राजपरिवारका सदस्य वा कुनै अधिकारीले कुनै विदेशीलाई नागरिकता दिन सिफारिस गर्नेछ । त्यसपछि युएईको क्याविनेटले यसबारे निर्णय गर्नेछ । यो निर्णय यस्तो समयमा भएको छ कि को रोना म’हामारी र तेलको

मूल्यमा आएको गिरावटका कारण हजारौं विदेशी युएई छाडेर बाहिरिरहेका छन् । अबुधावीबाट निस्कने अखबार द नेशनलका अनुसार नयाँ व्यवस्थाबाट खास क्षेत्रका विशेषज्ञ, र बिदेशी लगानीकर्तालाई युएईमा अवसर मिल्नेछ ।

यता : कतार सरकारले १४ जना नेपाली कै’दीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारा’गारहरुमा विभिन्न आरो’पमा स’जाय भोगिरहेका ती नेपाली कै’दीब’न्दीलाई आ’ममाफी दिएको हो ।

यस वर्षको रमादान पर्वको अवसरमा सरकारले नेपाली कैदी’ब’न्दीलाई आममाफी दिएको कतारका लागि नेपाली राजदूतावासले जनाएको छ । यसअघि विश्वव्यापी रुपमा फैलिएको को’रोना संक्र’मणलाई समेत मध्येनजर गरी

नेपाली कै’दीब’न्दीको रिहाईका लागि राजदूतावासको तर्फबाट कतार सरकारसमक्ष अनुरोध गरिएको थियो । आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायहरुसँग राजदूतावासले आवश्यक समन्वय तथा सहजीकरण गर्ने दूतावासले जनाएको छ ।

प्रतिकृया दिनुहोस्